३१ जेठ । वैकल्पिक कानून व्यवसायी सङ्गठन (एएलए) र सङ्घीय कानून व्यवसायी फोरम (एफएलएफ) बीच एकता गर्न कार्यदल गठन गरिएको छ ।
दुई सङ्गठनको आज बसेको बैठकले वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंह, दीपक राई, नारायण खरेल, जनकप्रसाद पाण्डे, वीरेन्द्रकुमार ठाकुर र रामबहादुर मिजार सदस्य रहेको कार्यदल गठन गरिएको हो ।
वैकल्पिकका अध्यक्ष र सङ्घीयका अध्यक्ष दीपक राईले आज जारी गरेको विज्ञप्तिमा दुबै सङ्गठनलाई एकीकृत र सङ्गठित गरी न्यायालयको शुद्धीकरण र पुनःसंरचना गर्दै व्यावसायिक मर्यादा र पेशागत सङ्गठन बनाउन थालिएको उल्लेख गरिएको छ ।
वि.सं.२०७६ जेठ ३१ शुक्रवार २०:०७ मा प्रकाशित