back

एघार महीनामा २६ जनामा डेङ्गु सङ्क्रमण

वि.सं.२०७६ जेठ ३२ शनिवार

522 

shares

३२ जेठ, चितवन । जिल्लामा चालु आर्थिक वर्षको ११ महीनाको अवधिमा २६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । एक हजार ३७० जनाको रगत परीक्षणमा यो सङ्ख्याका बिरामी देखिएका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन् । अघिल्लो आर्थिक वर्षमा एक हजार २९१को रगत परीक्षण गरिएकामा ५९ जनामा सो सङ्क्रमण भेटिएको उनले जानकारी दिए ।

जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन् । डेङ्गुको सङ्क्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको सङ्क्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाव दिए । पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन । रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ ।

डेङ्गु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेङ्गु रोग सम्बन्धी सचेतना फैलाउने छन् ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १४:१४ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज...

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज...

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

निर्वाचन आउन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार...

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

निर्वाचनको तयारीबारे गृहमन्त्री र आयोग पदाधिकारीबीच छलफल

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वीकृत कार्यतालिकाअनुसार भए गरेका...

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

राष्ट्रियसभा अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदै छ ।...

आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...