back

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाल्पामा ७ हजार युवाले दिए आवेदन

वि.सं.२०७६ जेठ ३२ शनिवार

414 

shares
GLOBAL IME AD
NTC AD

३२ जेठ, काठमाण्डौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि पाल्पामा ७ हजार युवाले आवेदन दिएका छन् ।

जिल्लाभरमा करीब सात हजार युवाले आवेदन दिएका छन् भने एक हजार २०० लाई रोजगारी दिने योजना रहेको बताइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ ।

यसैगरी पाल्पाको रामपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ ।
प्रारम्भिक चरणमा नगरपालिकाका ७० युवालाई छनोट गरी शुक्रबारदेखि काममा लगाइएको छ ।
प्रधानमन्त्री रोजगार कोषमार्फत नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । पहिलो चरणमा नगरका दश वटै वडाका सात÷सात युवालाई समेटेर कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए ।

कार्यक्रमबाट करीब १०० युवालाई रोजगार दिने योजना रहेको नगरप्रमुख थापाले बताए । “काम हेरेर न्यूनतम रु ६०० देखि ८०० सम्म दैनिक ज्याला दिने गरी युवालाई काममा लगाइएको छ, बाँकी रकम नगरपालिकाले थप गरेर अन्य युवालाई पनि रोजगार दिने तयारी गरिरहेको छ”, नगरप्रमुख थापा बताउँछन् ।

प्रारम्भिक चरणमा रामपुर नगरपालिकाका वडा नं ४, ५, ६ र ७ का बजार क्षेत्रमा सडक मर्मत तथा स्तरोन्नतिको काममा युवालाई लगाइदैछ । यस कार्यक्रमका लागि नगरपालिकामा चार हजार युवाले आवेदन दिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले जानकारी दिए ।

बेरोजगार भएर बसेका युवाले घरमै बसी बसी रोजगार गर्ने अवसर पाएका छन् । रामपुर नगरपालिकासँगै रम्भा र रिब्दीकोट गाउँपालिकाले पनि कार्यक्रम शुभारम्भ गरी सञ्चालनमा ल्याएको छ । रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये पहिलो चरणमा ३० जनालाई छनोट गरी रोजगार दिन थालेको छ । सो कार्यक्रमका लागि रु १४ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मको करीब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि रु साढे चार लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजङ रानाले जानकारी दिए ।

बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उहाँले जानकारी दिए । कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए ।

त्यस्तै रिब्दीकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि सङ्घीय सरकारबाट रु १४ लाख र गाउँपालिकाबाट रु पाँच लाख गरी कूल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त रु १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । यस कार्यक्रमअन्तर्गत तिनाऊ गाउँपालिकामा प्राप्त भएका रु १२ लाख बजेटबाट २०० युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउछन् ।

कार्यक्रमका लागि रु १९ लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगार दिने तयारी थालेको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए ।

यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको रु १३ लाख बजेटबाट ३०० युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए । माथागढी गाउँपालिकालाई प्राप्त भएको रु १६ लाख बजेटबाट ३०० युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए । उहाँका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका एक हजार २०० बढी युवाले आवेदन दिएका छन् ।
बगनासकाली गाउँपालिकाका लागि प्राप्त रु १६ लाख बजेट प्राप्त भएको छ भने युवा छनोट गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।

तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । सङ्घीय सरकारबाट प्राप्त रु ४२ लाखबाट १८५ युवालाई रोजगार दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगरप्रमुख अशोककुमार शाहीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, सानासाना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, श्क्षिा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्षसम्मका बेरोजगार नागरिक सहभागी हुन पाउने छन् ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १४:४६ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...