back

नियोग उपप्रमुख पौडेललाई एनआरएनए साउदीको स्वागत

वि.सं.२०७६ जेठ ३२ शनिवार

453 

shares

३२ जेठ, साउदी । साउदि अरबस्थित नेपाली राजदूत रियादमा हालै नियुक्त भएका नियोग उपप्रमुख दिलिप कुमार पौडेललाइ एनआरएनए साउदी अरबले एक बिशेष कार्यक्रम गरि स्वागत गरेको छ ।

साउदी अरबको पूर्वी प्रान्त दम्मामस्थित अल ख्याम अडिटरिम हलमा एनआरएनए साउदी अरबले शुक्रबार (१४ जुन, २०१९) स्वागत कार्यक्रम आयोजना गरेको थियो ।
नेपाली दूतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्र प्रसाद सिंह राजपुतको प्रमुख आतिथ्य तथा एनआरएनए एनसीसी साउदीका अध्यक्ष नारायण पासवान सभापतित्व रहेका सो कार्यक्रमलाइ महासचिव तेज थापाले संचालन गरेका थिए ।

कार्यक्रममा एनआरएनए आइसिसी मानार्थ सदस्य राजु सैयद, आइसिसी मध्यपुर्व महिला उपसंयोजक यास्मिन बेगम, आइसिसी सदस्य तथा बैदेशिक रोजगार आप्रवासी कामदार कल्याण कोष मध्यपूर्व सहसंयोजक जोन अर्याल, आइसिसी सदस्य धरम के.सी. लगायत राष्ट्रिय समन्वय परिषद् साउदी अरबका संरक्षक बिरेन्द्र कुमार चौधरी, ओम घले लगायतका व्यक्तिव्यहरू अतिथिको रूपमा उपस्थिति जनाएका थिए ।

स्वागत कार्यक्रममा एनआरएनए एनसिसि साउदी अरबका बरिष्ठ उपाध्यक्ष डमर कुमार यादव, कोषाध्यक्ष मो. जैनुल अव्दिन, प्रवक्ता उमेश भट्टराइ, महिला संयोजक रबिना अर्याल, केन्द्रिय सदस्य दिपक शाही, रोशन कुमार श्रेष्ठ, भोला पौडेल लगायत क्षेत्रि तथा स्थानिय समितिमा आवद्ध् पदाधिकारीहरू, पन्जिकृत सदस्यहरू, शुभचिन्तक हरूको सहभागिता रहेको थियो ।

त्यसैगरी नेपाली जनसम्पर्क समिति साउदि अरब उपसभापति प्रमोद लामिछाने, कि.रा.या.यो. साउदी अरब उप महासचिव रबिन राइ थुलङ, संघिय लिम्बुवान राष्ट्रिय मन्चका केन्द्रिय सदस्य श्री यावा लिम्बु र अन्तराष्ट्रि रोल्पाली सेवा समाजका प्रतिनिधि लगायत नेपाली जनसमुदायहरूको समुपस्थितिमा दूतावास नियोग उपप्रमुख पौडेललाइ संस्थागत रूपमा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

स्वागत कार्यक्रमका दौरान एनआरएनए साउदीका अध्यक्षले संस्थागत मनतव्य दिएका थिए भने नियोग उपप्रमुख पौडेलले पनि साउदीमा रहेका कामदारहरूको सुरक्षित र मर्यादित वैदेशिक रोजगारीकालागी नेपालीहरूको साझ संस्था एनआरएनए सँग साथ, सहयोग र सहयात्राको अपेक्षा सहितको मन्तव्य दिएका थिए ।
तात्कालिन नियोग उपप्रमुख आनन्द प्रशाद शर्माको कार्य अवधि समाप्त भइ नेपाल फर्के पश्चात पौडेल नियोग उपप्रमुखका रूपमा हालै साउदी अरब आएका हुन् ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १४:५९ मा प्रकाशित

Himalayan Life AD
न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...