back

दलित युवक प्रकाश कान्तिभाइ छुरा प्रहार गरी हत्या

वि.सं.२०७६ जेठ ३२ शनिवार

582 

shares

३२ जेठ, गुजरात । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ ।
प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । यस आक्रमणमा परी अन्य दुईजना गम्भीर घाइते भएका जनाइएको छ ।
प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए । उनको परिवारमा पत्नी र दुई छोराछोरी छन् ।प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए ।
बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि राजकोट लगिएको उनको उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्र्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेको अवस्थामा मानिसहरू घर बाहिर आएर अपशब्द बोल्न शुरू गरेका प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग बताएका छन् ।
उनीहरूले आफ्नो जातिलाई जोडेर नराम्रो कुराहरू भन्दैे आफ्ना भतिजाको बारेमा सोध्न थालेका बाबु्भाईले बताएका छन् ।
प्राय भतिजा प्रकाशको घरमा बस्ने गरेका बाबुभाईको त्यस दिन भने उनी बाहिरबाट आएका र थाकेकाले प्रकाशको घर गएका थिएनन् ।
उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए छन् । घटनापछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका र त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको बताइएको थियो । उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।
करिब छ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए । तर बारम्बार आफूहरु यता पिडाबाट गुजरिनु परेको र आफूहरु यस क्षेत्रमा नबस्ने बताउँदै सो दलित परिवारले सरकारसँग कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका बताइएको छ ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १८:०६ मा प्रकाशित

Himalayan Life AD
‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

‘लत’ लाग्ने सामग्री परिवर्तन नगरे टिकटकमाथि कारबाही गरिने इयूको चेतावनी

ब्रसेल्स, बेल्जियम । इयूले चिनियाँ स्वामित्वको टिकटकलाई आफ्नो सामग्रीमा ‘लत’...

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायतद्वारा बोइङ- ७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

बेलायत । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान...

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

नाइजेरिया : क्वारा राज्यमा बन्दुकधारीको आक्रमण, ३५ जनाको हत्या

जोस (नाइजेरिया)। मध्यपश्चिम नाइजेरियाको क्वारा राज्यमा बन्दुकधारीहरूले कम्तीमा ३५ जनाको...

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

मादुरोको रिहाइको माग गर्दै भेनेजुएलमा प्रदर्शन

काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस...

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

पाकिस्तानको बलूचिस्तानमा सुरक्षा चुनौती,२५० भन्दा बढीको मृत्यु

इस्लामबाद । पाकिस्तानको बलूचिस्तान प्रान्तमा अलगाववादी समूहहरूले गत शनिबारदेखि सुरु...

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

इरान र अमेरिका वार्ताका लागि टर्कीएमा तयारी

दुबई, संयुक्त अरब इमिरेट्स। इरानका राष्ट्रपति मासउद पेजÞेश्कियनले देशका विदेशमन्त्रीलाई...