back

दलित युवक प्रकाश कान्तिभाइ छुरा प्रहार गरी हत्या

वि.सं.२०७६ जेठ ३२ शनिवार

390 

shares
GLOBAL IME AD
NTC AD

३२ जेठ, गुजरात । भारतको गुजरात राज्यको सुरेन्द्र नगर जिल्लास्थित थानगढमा एकजना दलित युवक प्रकाश कान्तिभाईको बुधवार अबेर राति छुरा हानेर हत्या गरिएको छ ।
प्रहरीका अनुसार, तीन जनाले प्रकाशको घरमा गएर आक्रमण गरेका थिए । आक्रमणमा घाइते भएका प्रकाशको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । यस आक्रमणमा परी अन्य दुईजना गम्भीर घाइते भएका जनाइएको छ ।
प्रकाश थानगढस्थित सेरामिक कारखानामा कार्यरत मजदुर थिए । उनको परिवारमा पत्नी र दुई छोराछोरी छन् ।प्रकाशको हत्यापश्चात् दलित समुदायले प्रहरी चौकी अगाडि धर्ना प्रदर्शन गरेर र शव लिन अस्वीकार गरेका थिए ।
बुधवार अबेर राती थानगढको मफतियापरा क्षेत्रमा भएको आक्रमणमा गम्भीर घाइते भएका प्रकाशलाई उपचारका लागि राजकोट लगिएको उनको उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्र्रकाश र उनको परिवार आफ्नै घरमा बसिरहेको अवस्थामा मानिसहरू घर बाहिर आएर अपशब्द बोल्न शुरू गरेका प्रकाशका काका बाबुभाई परमारले बीबीसी गुजरातीसँग बताएका छन् ।
उनीहरूले आफ्नो जातिलाई जोडेर नराम्रो कुराहरू भन्दैे आफ्ना भतिजाको बारेमा सोध्न थालेका बाबु्भाईले बताएका छन् ।
प्राय भतिजा प्रकाशको घरमा बस्ने गरेका बाबुभाईको त्यस दिन भने उनी बाहिरबाट आएका र थाकेकाले प्रकाशको घर गएका थिएनन् ।
उक्त घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारी डीवी बासियाले बीबीसी गुजरातीलाई बताए छन् । घटनापछि दलित समाजले प्रकाशको शव लिन अस्वीकार गरेका र त्यसले गर्दा त्यस क्षेत्रमा तनाव थप बढेको बताइएको थियो । उनीहरूले धर्ना दिएर आरोपीलाई पक्राउ गर्न माग गरेका छन् ।
करिब छ घण्टासम्म प्रहरीसँग भएको छलफलपश्चात् पीडित परिवारले प्रकाशको शव बुझ्न तयार भएका थिए । तर बारम्बार आफूहरु यता पिडाबाट गुजरिनु परेको र आफूहरु यस क्षेत्रमा नबस्ने बताउँदै सो दलित परिवारले सरकारसँग कुनै सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका बताइएको छ ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १८:०६ मा प्रकाशित

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

बोआओ फोरमको वार्षिक सम्मेलन सुरु

हाइनान(चीन) । एसियाका लागि बोआओ फोरम (बिएफए) को वार्षिक सम्मेलन...

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

हेलिकप्टर दुर्घटना हुँदा चालकको मृत्यु

सियोल । बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा...

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

दक्षिण कोरियामा डढेलो, १८ जनाको मृत्यु र २७ हजार विस्थापित

सियोल । दक्षिण कोरियाको सबैभन्दा खराब मध्येको तीव्र हावाका कारण...

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

थाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्त

बैंकक । थाइल्यान्डकी प्रधानथाई प्रधानमन्त्री पेटोङ्टार्नलाई विश्वासको मत प्राप्तमन्त्री पेटोङ्टार्न...

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु

मस्को । रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य...

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान

हाइनान (चीन) । बोआओ फोरमले मङ्लबार जारी गरेको गरेको प्रतिवेदनमा...