back

२० लाखसहित दुई भारतीय नागरिक पक्राउ

वि.सं.२०७६ जेठ ३२ शनिवार

354 

shares
GLOBAL IME AD
NTC AD

 

 

३२ जेठ, राँझा । नेपालगञ्जस्थित भारतीय सीमानाका जमुनाहबाट रु २० लाखसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । सीमास्थित इलाका प्रहरी कार्यालय जमुनाहले खानतलासी गर्ने क्रममा सो रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

उनका अनुसार, पक्राउ पर्नेमा भारतीय नागरिक कोमल गुप्ता र सोनु गुप्ता रहेका छन् । बरामद भएको रकम कहाँबाट र कुन प्रयोजनका लागि ल्याइएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए ।

नालामा डुबेर एकको मृत्यु

यसैगरी बाँकेको कोहलपुरस्थित डुडुवानालामा पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु भएको छ ।

शनिबार नालामा पौडी खेल्ने क्रममा कोहलपुरका २८ वर्षीय मुक्तिप्रसाद आचार्यको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार, कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा आचार्य बेपत्ता भएका थिए । डुबेलगत्तै स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा जुटे पनि जीवितै उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सिंहले जानकारी दिए ।

यो नालामा प्रत्येक वर्ष पौडी खेल्ने व्यक्तिको डुबेर मृत्यु हुँदै आएको छ । पानी कम भएका कारण नालाको माथिबाट पौडिन हामफाल्दा नालाको जमीनमा हिलोमा फसेर मान्छे डुब्ने गरेको स्थानीयवासी अगुवा सूर्य ढकालले बताए ।

वि.सं.२०७६ जेठ ३२ शनिवार १९:१६ मा प्रकाशित

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष प्रचण्डको उद्घोष

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री...

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

वरिष्ठ पत्रकार बस्नेतको हृदयघातका कारण निधन

काठमाडौं । भक्तपुर एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको...

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

भारतीयको रोजाइमा नेपाली गुन्द्रुक र हस्तकला

कमलकुमार बस्नेत र राजेन्द्र विष्ट,देहरादुन (भारत) । “आउनुहोस्, भाँडा र...

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

गाउँपालिका अध्यक्ष र जनमत पार्टीका नेता प्रहरी नियन्त्रणमा

सिरहा । यहाँको औरहीमा महायज्ञका नाममा दलित परिवारमाथि गरिएको जातीय...

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

विसं २०८४ सम्म प्रधानमन्त्रीको दौडमा छैन : प्रचण्ड दाहाल

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष...