१ असार , काठमाडौँ । विद्युत् प्राधिकरणले दुईृवटा बृहत् जलाशययुक्त विद्युत् आयोजना निर्माण प्रक्रिया थालेको छ । विभिन्न बहुपक्षीय तथा द्विपक्षीय दाताको आर्थिक सहयोगमा प्राधिकरणले माथिल्लो अरुण(१०६०मेगावाट) र दुधकोसी (६३५ मेगावाट) आयोजना एकैसाथ अघि बढाएको हो ।
यी आयोजना सम्पन्न भएपछि मुलुकमा कहिल्यै लोडसेडिङ नहुने प्राधिकरणको दाबी छ । कुलखानी दोस्रो सञ्चालनमा आएको ३३ वर्षपछि सरकारले बृहत जलाशययुक्त आयोजना निर्माण प्रक्रिया थालेको हो ।
दुुवै आयोजनामा लगानी गर्ने औपचारिक प्रतिबद्धता पाइसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । दुुवै आयोजनाको विस्तृत अध्ययन, डिजाइन,वित्तीय व्यवस्थापन, टेन्डरसहित सम्पूर्ण निर्माण कार्य बढीमा सात वर्षमा पुरा हुने गरी काम भइरहेको छ । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ असार १ आइतवार ०७:२६ मा प्रकाशित