back

ट्र्याक्टर दुर्घटनामा शिक्षकको मृत्यु

वि.सं.२०७६ असार १ आइतवार

420 

shares
GLOBAL IME AD
NTC AD

१ असार, डडेल्धुरा ।डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए । बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ ।
मृतक शिक्षक दुर्घटनाग्रस्त ट्रयाक्टरमुनी च्यापिएकाले अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए । चालक फरार रहेकाले घटनाबारे विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाइ छ ।

वि.सं.२०७६ असार १ आइतवार ०९:५४ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन सीपमूलक तालिम

अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले...

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढे

बैतडी । मौसममा आएको परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी...

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

बेनी-जोमसोम-कोरला सडकखण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर-दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला...