
१ असार, काठमाण्डौं । याक्थुङ लेखक सङ्घ उपत्यका समितिको अध्यक्षमा विष्णु नेम्वाङ चयन भएका छन् ।
शनिबार ललितपुरको चुम्लुङ हिममा आयोजित याक्थुङ लेखक सङ्घको प्रथम ऐतिहासिक उपत्यका कार्यसमिति गठन कार्यक्रममा विष्णु नेम्वाङको अध्यक्षतामा उपत्यका कार्यसमिति निर्माण गरिएको हो ।
जसको उपाध्यक्षमा सीता तुम्खेवा, सचिबमा कविन्द्र सम्बाहाम्फे, सहसचिबमा सुनिल आङ्बो, कोषाध्यक्षमा सनी लिम्बु र सदस्यहरुमा उत्तम लिम्बु, उदय नेम्वाङ, सुरज मादेन, रन्जुला लिम्बु नेयूङ, संगीता सुहाङ, हस्त लिम्बु, कुबेर लिम्बु, भिष्म खजुम, टेक लावती, काप्पोबा चुम, भिम केरुङ, पुजन जबेगु, यादन शेर्मा, येवा फुफु, राजा माबो र ईक्सा चेम्जोङ रहेका छन् ।
वि.सं.२०७६ असार १ आइतवार १०:३७ मा प्रकाशित