
१ असार, काठमाडौँ । तारकेश्वर –६ धर्मस्थली स्थित गीनिज पब्लिक स्कुल मा नमुना मतदान कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुलाई मतदानबारे जानकारी दिने उद्धेश्यले पहिलोपटक नमुना मतदान गरेको हो । नमुना मतदानको माध्यमबाट सामाजिक \ राजनीतिकजस्ता विषयमा पनि ज्ञान दिने र ‘कक्षा नेता ’र ‘स्कुलनेता’ छान्न सिकाउने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको स्कुल इन्चार्ज रामेश्वर सिंखडाले जानकारी दिए ।

नमुना मतदान कार्यक्रममा स्कुलका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो । पछिल्लो समय विद्यालयहरूमा गरिने आन्तरिक निर्वाचनले विद्यार्थीहरूलाई आवद्यिक निर्वाचनका बारेमा शिक्षित बनाउने गरेको विज्ञहरूले बताएका छन् ।
वि.सं.२०७६ असार १ आइतवार १२:५२ मा प्रकाशित




























