back

कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध

वि.सं.२०७६ असार १ आइतवार

375 

shares
GLOBAL IME AD
NTC AD

१ असार, ब्राजिल । लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ ।

विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गरेका थिए ।

खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु स्वाभाविक भएको बताए । उनले अर्जेन्टिनाले गोल गर्ने अवसर पाएको तर त्यसलाई गोलमा परिणत गर्न नसकेको बताए ।

अर्जेन्टिनी टिममा विश्वप्रसिद्ध फुटबल खेलाडी रहेका छन् । स्पेनी क्लब बार्सिलोनाका फर्वार्ड समेत रहेका मेस्सी सहित म्यान्चेस्टर सिटीका फर्वार्ड सर्जियो अग्वेरो र पेरिस सेन्ट जर्माइनका फर्वार्ड एन्जेल डी मारिया पनि अर्जेन्टिनी अग्रपंक्तिमा थिए । खेलपछि अग्वेरोले हामीले यस्तो शुरुआत चाहेका थिएनौं भने । अर्जेन्टिनी आक्रमणलाई कोलम्बियाका गोलरक्षक डेभिड ओस्पिनाले निस्तेज पारेका थिए ।

कूल १२ टिम सहभागी रहेको कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत समूह ख मा अर्जेन्टिना सहित कोलम्बिया, पाराग्वे र कतार रहेका छन् । समूह क मा भने ब्राजिल, पेरु, भेनेजुएला र बोलिभिया तथा समूह ग मा उरुग्वे, चिली, जापान र इक्वेडर रहेका छन् । कोपा अमेरिका फुटबल प्रतियोगिता यो सहित ब्राजिलमा पाँचौं पटक हुँदैछ ।

वि.सं.२०७६ असार १ आइतवार १४:२५ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...