back

अत्यधिक गर्मी बढेपछि पाँचदिनका लागि हेटौँडाका विद्यालय बन्द

वि.सं.२०७६ असार १ आइतवार

900 

shares

१ असार, हेटौडा । अत्यधिक गर्मीका कारण हेटौँडा उपमहानगरपालिकाले पाँच दिनका लागि सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।
गर्मी बढेपछि अभिभावकको अनुरोध गरेकाले असार २ गते देखि ६ गतेसम्म वर्षे बिदामा कट्टी हुनेगरी पाँच दिन सामुदायिक तथा संस्थागत विद्यालय बिदा दिने निर्णय भएको उपमहानगरको शिक्षा शाखाले जनाएको छ ।

हेटौँडामा अत्यधिक गर्मी बढेपछि कतिपय विद्यालयका कयौँ विद्यार्थी बेहोससमेत भएका थिए । देशैभरको तापक्रम उकालो लागि रहेको बेला भित्रि मधेस मध्येको सबैभन्दा चिसो शहर मानिने हेटौडाको समेत तापक्रम बढेको हो ।

अहिले हेटौँडाको तापक्रम ४० डिग्रि सेल्सियसको हाराहारीमा पुगेको छ भने अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण चहलपहल शुन्य भएको छ भने हेटौँडाका विभिन्न स्थानमा रहेका पौडी पोखरीहरुमा भिड बडेको छ । गर्मी छल्न भारत तथा नेपालका तराई क्षेत्रबाट आएकाले समेत पौडी पोखरीहरु भरिएका छन् । कतिपय व्यक्तिहरु गर्मी छल्न स्थानीय राप्ती, कुखुरेनी तथा सामारी खोलामा समेत पौडी खेल्न पुगेका छन ।

वि.सं.२०७६ असार १ आइतवार १७:४२ मा प्रकाशित

Himalayan Life AD
मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

मतदाता नामावली सुरक्षित रहेको निर्वाचन आयोगको दाबी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अभिलेख पूर्ण रूपमा सुरक्षित...

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फेरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...