२ असार, काठमाडौँ । नेपाल आयाल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटरमा २ रुपैयाँले घटाएको छ । डिजेल र मट्टीतेलको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँको दरले घटाएको छ । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य घटेसँगै अहिले स्वचालित मूल्य प्रणालीअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०८ रुपैयाँ हुनेछ । यसैगरी, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा कायम हुनेछ । हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत् नै रहेको निगमले जनाएको छ । सोमबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ असार २ सोमवार ०७:३४ मा प्रकाशित