
२ असार काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरक्षेत्रमा सवारीसाधनहरुको पार्किङ व्यवस्थित गर्न आइतबारदेखि न्युरोडमा ‘स्मार्ट पार्किङ’ सुरु गरेको छ । न्यूरोडस्थित विशालबजार र धर्मपथमा सुरु गरिएको त्यस्तो पार्किङ प्युखा, खिचापोखरी,पाको र दरबारमार्गमा पनि विस्तार गरिने महानगरपालिकाले बताएको छ ।
‘दिनभर सडक कब्जा गरेर बस्नेहरुलाई हटाउँदै व्यावसायिक रुपमा यो सेवा सुरु गरिएको हो,’ पार्किङ उद्घाटन गर्दै महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने,‘पाकिङ भवन निमार्ण गर्ने भनेर टेन्डर गरिएको छ । अहिलेलाई सडकमै यो सेवा सुर गरिएको हो ।’ ‘ह्वील टुली योर्स’ सँगको सहकार्यमा महानगरले सशुल्क पार्किङ सेवा सुरु गरेको हो । सोमबारको अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ असार २ सोमवार ०७:५२ मा प्रकाशित




























