back

गहिरिँदै पानीको संकट, पानीकै लागि झगडा हुँदा एकको मृत्यु

वि.सं.२०७६ असार २ सोमवार

603 

shares

२ असार, दिल्ली । भारतको दक्षिण राज्य तमिलनाडूमा पानीको संकट गहिरिदै गएको छ ।

मानिसहरु ८ किलो मिटर टाढा पुग्दा पनि पानी नपाउने अवस्था आएको छ भने ६५ प्रतिशत होटल तथा आइटी कम्पनीहरु पानी नभएकै कारण प्रभावित छन् ।
पानीका श्रोतहरु सुक्दै गएको र मनसुन अझै सुरुवात हुन नसेकेको अवस्थामा त्यहाँका जनता पानीकै कारण ठूलो समस्या भोगिरहेका छन् ।

पानीको संकट बढ्दै जाँदा चेन्नाईको विभिन्न सहरमा मानिसहरुबीच झडप भइरहेको समाचारहरु प्राप्त भइरहेका छन् । मानिसहरु पानी लिनका लागि ८ किलोमिटर भन्दा बढीको टाढा पुग्ने गरेको पनि बिबिसीमा समाचार छ ।

होटल संचालकहरुको एसोसियनसका अनुसार पानी यति महँगो भएको छ कि, यसले व्यवसाय नै प्रभावित बनाएको छ ।

केही दिन पहिलो तमिलनाडुको थंजावुरमा सार्वजनिक टंकीमा रहेको सिमित पानी लिनका लागि भएको एक झगडामा आनन्द बाबु नामका सामाजिक कार्यकर्ताको हत्या भएको थियो ।

वि.सं.२०७६ असार २ सोमवार ०८:२६ मा प्रकाशित

Himalayan Life AD
गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

गाजामा इजरायलीको फेरि आक्रमण, २० जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाको आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको...

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...