back

साडीमै सजिलो लाग्छ भन्छिन् नायिका करिश्मा

वि.सं.२०७६ असार २ सोमवार

522 

shares

२ असार, काठमाडौँ । नायिका तथा समाजवादी पार्टी नेपालकी नेतृ करिश्मा मानन्धरले आफूलाई साडीमै सजिलो लाग्ने बताएकी छन् ।

नायिका मानन्धरको आफ्नो अनुभवमा सारी लगाउँदा सजिलो भएको बताएकी छन् । उनी भन्छिन्–‘अहिले इलेक्ट्रोनिक मिडियाले गर्दा फेसनबारे सबैलाई थाहा हुन्छ । आफूलाई जस्तो सुट हुन्छ, त्यही गर्ने हो । जे कम्फर्टेबल हुन्छ, त्यही लगाउने हो । जे सजिलो हुन्छ ,म त त्यही लगाउँछु । मलाई साडी एकदम मनपर्छ ।’

नायिका मानन्धरले आफूले फिल्म खेल्दा पनि साडीमा नै देखिएको बताउँदै कतिपयले भने साडी लगाउँदा शरीर एक्सपोज गरेको भनेको नयाँपत्रिका दैनिकमा समाचार छ । उनले भनिन् ‘आफूलाई सुहाउँछ भने लगाउँने हो । अफ्रिकाको कतिपय ठाउँमा लुगै नलगाउँदा पनि भएको छ । लुगा लगाउँदा भद्दाचाहिँ देखिनु भएन ।’

साडी पहिरनुको राजबारे मानन्धर यस्तो भन्छिन्, ‘साडी यस्तो ड्रेस हो, जसमा सम्पूर्ण रुपमा छोपिएर पनि आफूलाई ‘एक्सपोज’ गर्न सकिन्छ । अन्य पोसाकमा यो गुण हुँदैन । साडीले सौन्दर्यलाई झनै परिष्कृत गर्दछ । मान्छेलाई केले बढी अपिल गर्छ भन्ने हो । महिला सौन्दर्यको प्रतिमूर्ति हो । हरेकले इज्जतको नजरले हेर्नुपर्छ । साडी लगाउँदा सौन्दर्य थप निखारिन्छ ।’

महिलाले छोटा कपडा लगाएकाले बलत्कार बढेको हो भन्ने प्रसङगमा मानन्धर यस्तो भन्छिन् ‘त्यो मानसिक बिमारीको कुरा हो । आपराधिक प्रवृत्ति भएकासँग मानसिक समस्या हुन्छ’ । उनीहरुले अपराध गरेर ‘इन्जोय’ लिन्छन् । त्यसकारण यस्ता कुतर्कको साहारा लिन्छन् । आपराधिक मानसिकता भएकाले साडी लगाए पनि त्यही नजरले हेर्छन् । त्यसकारण फेसन र अपराधको सम्बन्ध छैन । मैले एउटा नयाँ गीतमा पनि साडी नै लगाएकी छु ।’

वि.सं.२०७६ असार २ सोमवार १२:०१ मा प्रकाशित

Himalayan Life AD
परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

परदेशी पीडा र प्रतीक्षाको स्वर ‘दैलो खोल न’ सार्वजनिक

काठमाडौँ ।  सङ्गीतकार एवं सञ्चारकर्मी उमेश राउतको परदेशीको पीडा र...

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

बिराटनगर किंग्सद्वारा गौरव र जोशको गर्जन घन्किने अफिसियल एन्थम भिडियो सार्वजनिक

काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको...

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा

काठमाडौँ, २० कात्तिकः अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

काठमाडौँ । अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष...

कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’

कात्तिक दोस्रो सातादेखि ‘काठमाडौँ हारर चलचित्र महोत्सव’

काठमाडौँ । आगामी कात्तिक दोस्रो सातादेखि नेपालमा पहिलोपटक ‘काठमाडौँ हारर...