back

नेपाल पत्रकार महासंघ कतारको प्रशिक्षण कार्यक्रम सम्पन्न

वि.सं.२०७६ असार २ सोमवार

669 

shares

उद्धव मगर २ असार, कतार । पत्रकार महासंघ कतार शाखाले पत्रकारीता तथा लेखन सम्बन्धी प्रशीक्षणसंगै नवोदीत साहीत्य डवली र विविध साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कतारको डल्लाहा ड्राभीङ्ग स्कुलको हलमा १४ जुनमा आयोजित कार्यक्रममा पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षता, विपूल पौडेलको प्रमुख आतिथ्यता तथा पत्रकार महासंघ कतार शाखाका प्रमुख सल्लाहकार गणेश बन्जाडे, पुर्व अध्यक्ष कुमार कार्की, सल्लाहाकार क्रान्ति सिंह, नेपालबाट आउनु भएका गण्डक प्रदेशका नारायण शर्मा, सन्तोष पौडेल लगायतको आतिथ्यता रहेको थियो ।


पत्रकार महासंघ कतारका सचिव दिल श्रेष्ठको सञ्चालन र उपाध्यक्ष नवराज वि.कको स्वागत मन्तव्यबाट कार्यक्रम विधीवत रुपमा अगाडी बढेको थियो ।


कार्यक्रममा विशेष त पत्रकारीता सम्बन्धी प्रशीक्षण भएकोले नेपालबाट आएका प्रशिक्षक विपुल पौडेलले दुई घण्टा लामो प्रशीक्षण र त्यसबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए । अन्तमा यस हलमा उपस्थित सम्पुर्णले धैर्यतापूर्वक र अनुशासीत भएर कार्यक्रमलाई सुनेर हेरेर लेखेर शोभा बढाई दिनु हुने सम्पुर्णलाई धन्यवाद दिदै पहिलो शेसनको कार्यक्रम सौहद्रपूर्ण वातावरणमा सम्पन्न भएको अध्यक्ष मियाँले घोषणा गरेका थिए ।
दोस्रो चरणको कार्यक्रम नवोदीत साहित्यको वाचना डवली रहेको थियो भने तेस्रो चरणको कार्यक्रम विविध साँस्कृतिक कार्यक्रम रहेको थियो ।

वि.सं.२०७६ असार २ सोमवार १४:२८ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...