
२ असार, बुटवल । देशभरी अध्यधिक बढेको गर्मीका कारण तराई क्षेत्रका विद्यालयहरु बन्द भएका छन् ।
यसैक्रममा बुटवल उपमहानगरपालिकाले पनि गर्मीका कारण ४ दिनका लागि विद्यालयहरु बन्द गरिएको जनाएको छ ।

उपमहानगरपालिकाद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ बुटवल उपमहानगरपालिका अन्तर्गतका सबै विद्यालयहरु अत्यधिक गर्मीका कारण २०७६-३-०३ देखी ऐ. ६ गतेसम्म जम्मा ४ दिन बन्द गरिएको व्यहोरा सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।’
वि.सं.२०७६ असार २ सोमवार १७:१८ मा प्रकाशित




























