back

सरकारी जग्गा व्यक्तिका नाममा गर्ने १६ जनामाथि मुद्दा दायर

वि.सं.२०७६ असार २ सोमवार

471 

shares
GLOBAL IME AD
NTC AD

२ असार, काठमाण्डौं । मालपोत कार्यालय जुम्लामा कार्यरत तत्कालीन निमित्त कार्यालय प्रमुख (ना.सु) गोबिन्द प्रसाद न्यौपानेसहित १६ जना उपर विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

जुम्लाको गुठीचौरस्थित गुठीचौर भेंडा बाख्रा फारमको नाममा नाप नक्सा भई फिल्डबुक कायम भएको सरकारी जग्गा मालपोत कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख गोबिन्द प्रसाद न्यौपानेलगायतका कर्मचारीहरुले नापी कार्यालय र भेंडा फारमसँग मिली करिब ९३ हजार व.मि. क्षेत्रफल रहेको उक्त जग्गा व्यक्तिको नाममा बाँडफाँड गरिएको पाइएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा सोमबार मुद्दा दायर गरिएको हो ।

आरोपपत्र दायर गरिएकाहरुमा तत्कालीन भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रम गुठीचौर जुम्लाका कार्यालय प्रमुख यमुना कुमार श्रेष्ठ तथा अन्य सरकारी कर्मचारीहरूसमेतलाई अनुचित प्रभावमा पारी गैरकानूनी तरिकाबाट उक्त जग्गा आ–आफ्नो नाममा दर्ता गर्ने कार्यमा संलग्न भएका जग्गा दर्ता गरी लिने हरिहर न्यौपाने, मुनिश चन्द्र न्यौपाने, मायालाल न्यौपाने, बिष्णु न्यौपाने, बिष्णु ऋषि न्यौपाने, बिष्णुलाल न्यौपाने, पार्वती न्यौपाने, नव ऋषि न्यौपाने, धन प्रसाद न्यौपाने, देवेन्द्र प्रसाद उपाध्याय, जानकी दत्त देवकोटा, गोमा न्यौपाने, केशवराज न्यौपाने, कविदत्त न्यौपानेसमेतको मिलेमतो, गैरकानूनी साँठगाँठ र प्रत्यक्ष संलग्नतामा उक्त सरकारी जग्गा हिनामिना गरेको देखिन आएकोले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

‘उजुरीमाथि अनुसन्धान हुँदा जुम्ला जिला साबिक गुठीचौर गा.वि.स. वडा नं. ६र द को साविक कि.न.३ को फिल्डबुकमा उक्त भेंडा तथा बाख्रा कार्यक्रमको नाममा जनिएको सरकारी जग्गा लिनेखाने दूषित मनसायले अभिप्रेरित भई द्वन्दकालमा जलेर नष्ट भएको सक्कल फाइललाई हरिहर न्यौपानेको निवेदनबाट पुनःउजागर गरी गराई एकआपसमा मिलेमतो गरी भेंडा तथा बाख्रा अनुसन्धान कार्यक्रमका प्रमुख प्राविधिक कर्मचारी यमुना कुमार श्रेष्ठलाई अनुचित प्रभावमा पारी निजलाई मालपोत कार्यालय जुम्लामा हाजिर हुन लगाई निज यमुना कुमार श्रेष्ठले समेत आफ्नो अधिकार क्षेत्रको कुनै हेक्का नराखी, गैरकानूनी मिलापत्र गर्ने कार्य गरी सोको आडमा उक्त सरकारी सार्वजनिक जग्गा हरिहर न्यौपानेसमेतका १५ जना व्यक्तिको नाममा हक हस्तान्तरण गरेगराएको, गैरकानूनी कार्यमा सार्वजनिक पद धारण गरेका राष्ट्रसेवक सरकारी कर्मचारीहरू मालपोत कार्यालय जुम्लाका तत्कालीन निमित्त कार्यालय प्रमुख –ना.सुं गोबिन्द प्रसाद न्यौपाने, तत्कालीन खरिदार हाल मालपोत कार्यालय चावहिलका ना.सु. बिजय शर्मा न्यौपाने र गरी बदनियतपूर्वक सरकारी, सार्वजनिक सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने कार्यमा संलग्न कर्मचारी तथा गैरकानूनी रुपमा जग्गा दर्ता गरिलिने अरोपीहरूको हकमा देहाय अनुसारका बिगो कायम गरी देहाय बमोजिमको कसुरमा देहाय बमोजिमको सजायको मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ ।’ आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्धारा जारी सूचनामा भनिएको छ ।

वि.सं.२०७६ असार २ सोमवार १७:४९ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...