२ असार । शिक्षक सेवा आयोग सानोठिमी, भक्तपुरले विज्ञापन भएका विभिन्न तहहरुमा अध्यापन अनुमति पत्र(लाइसेन्स)का लागि दरखास्त आह्वान गरेको छ ।
प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा खुलाइएका विज्ञापनका तहमा शिक्षण गर्न इच्छुक व्यक्तिहरूबाट लाइसन्स परीक्षामा सहभागी हुनको लागि अनलाईन दरखास्त आव्हान गरिएको हो ।
असार २ गते देखि खुलाइएको उक्त दरखास्तमा असार २२ गते सम्म अनलाइनबाट फाराम भर्न सकिने जनाइएको छ ।
वि.सं.२०७६ असार २ सोमवार १९:५८ मा प्रकाशित




























