back

बझाङ जिप दुर्घटना : एकैपरिवारका तीनसहित दशको मृत्यु

वि.सं.२०७६ असार ३ मंगलवार

627 

shares

३ असार, बझाङ । सोमबार दिउँसो बझाङमा भएको जिप दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ ।

सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से १ ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा सोमबार २ः४५ मा दुर्घटना हुँदा १० जनाको मृत्यु हुनुका साथै पाँच घाईते भएका छन् ।

मृत्यु हुनेमा सबै मस्टा गाउँपालिका वडा नं १ का स्थानीय रहेका छन् । जसमा एकैपरिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकै परिवारका ४० वर्षीय कलक खड्का उनकी श्रीमती ३८ वर्षीया जुनधारा खड्का र उनका छोरा १५ वर्षीय सरोज खड्का रहेका छन् । त्यस्तै सोहि वडाका २२ वर्षीय सुरेन्द्र थापा (चालक), ७२ वर्षीया जुना खड्का, ८ वर्षीया विपना खड्का, ३५ वर्षीया लक्ष्मी दुवाल, ३० वर्षे भक्त दुवाल, ५२ वर्षीया धौली खड्का र १९ वर्षीय हिक्मत खड्का रहेका रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

त्यस्तै दुर्घटनामा घाईते भएका मष्टा गाउँपालिका १ र्की १४ वर्षीया संगीता खड्का, गोकुल शाही, जनक दुवाल, अनिता दुवाल र गणेश खड्का रहेका छन् । उनीहरु ३ जनालई हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज मेडिकलमा लगिएको र अन्य २ जनाको जिल्ला अस्पताल चैनपुर बजारमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

साँघुरो बाटो, ७ जना अट्ने जीपमा १५ जना र समान पनि लोड गरिएकोले ओभरलोड भएर दुर्घटना भएको बताइएको छ ।

वि.सं.२०७६ असार ३ मंगलवार ०८:०३ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...