३ असार, काठमाडौँ । सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रूपैयाँभन्दा बढी खर्च गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा २ अर्बभन्दा बढीका २ दर्जन कार्यक्रम राखेको हो ।
संघ प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगार र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट बिनियोजन गरेको हो । यसमध्ये पनि सबैभन्दा बढी स्वास्थ्य, शिक्षा, र रोजगारीका लागि कार्यक्रम र बजेटलाई प्राथमिकता दिइएको छ । सरकारले आर्थिक वर्ष २०७६\७७ मा प्रस्तुत गरेको कुल बजेटको लगभग १२ प्रतिशतभन्दा बढी सामाजिक क्षेत्रका लागि अनुदानका रूपमा छुट्टायाइएको छ । मंगलबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ असार ३ मंगलवार ०७:५७ मा प्रकाशित




























