३ असार, काठमाडौँ । भारतीय नागरिकले नेपालमा काम गर्दा श्रम स्वीकृति लिनुपर्छ कि पर्दैन भन्ने विवाद लामो समयदेखि चल्दै आएको छ । त्यसको छिनोफानो अब सर्वाेच्च अदालतले गर्नुपर्ने भएको छ । अधिवक्ता दीपकराज जोशीले सोमबार सर्वाेच्चमा एक रीट निवेदन दायर गरेका छन्, जसमा सबै विदेशी नागरिकहरुलाई कानूनमा उल्लेख भएबमोजिम श्रमस्वीकृति लिएर–दिएर मात्र काममा लगाउन आदेश माग गरिएको छ ।
। श्रम ऐन, २०७४ को दफा २२ को उपदफा(१) मा श्रम विभागबाट इजाजत नलिई रोजगारदाताले कुनै विदेशी नागरिकलाई काममा लगाउन नपाइने व्यवस्था छ । मंगलबारको अभियान राष्ट्रिय दैनिकबाट
वि.सं.२०७६ असार ३ मंगलवार ०८:२२ मा प्रकाशित