back

विद्यार्थीलाई वार्तामा आउन त्रिवि रजिष्ट्रारको आग्रह

वि.सं.२०७६ असार ३ मंगलवार

591 

shares

३ असार । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले त्रिवि सेवा आयोगमा भएको तालाबन्दी प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै वार्तामा आउन आग्रह गरेको छ ।

रजिष्ट्रारद्वारा जारी प्रेस विज्ञप्तिमा त्रिवि सेवामा कार्यरत शिक्षक तथा कर्मचारीको आन्तरिक तथा खुला प्रतियोगिताको माध्यमबाट नियुक्ति तथा बढुवाको लागि त्रिवि सेवा आयोगबाट निश्चित समय तालिका निर्धारण गरी अन्तवार्ता भइरहेको अवस्थामा एक्कासी अन्तर्वार्ता अवरोध हुने गरी केही विद्यार्थी संगठनले तालाबन्दी गर्दा कर्मचारीको वृत्ति विकासमा असर पर्ने भन्दै छलफलका लागि विद्यार्थी संगठनलाई वार्तामा आउन आग्रह गरिएको छ ।

सम्बन्धित निकायबाट वार्ता र संवादको प्रयास गरिरहेको अवस्थामा पनि वृत्ति विकासमा असर पार्ने गरी तालाबन्दी गर्ने जस्तो क्रियाकलाप नगरिदिन भन्दै समस्याको समाधानका लागि वार्तामा आउन आह्वान गरिएको हो ।

विज्ञप्तिमा तालाबन्दीमा संलग्न व्यक्तिहरुलाई सुरक्षाकर्मीबाट पक्राउ गरिएको भन्ने विषयमा पनि कार्यालयको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

वि.सं.२०७६ असार ३ मंगलवार ०८:३४ मा प्रकाशित

Himalayan Life AD
युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२...

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ९६ अर्ब ३८ करोड राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच...

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका–१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि...

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद

वीरगञ्ज (पर्सा) । एक सय ७६ किलोग्राम गाँजा बोकेको पिकअप...

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

वाग्मती । वाग्मती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा...

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

व्यावसायिक कागतीखेतीमा व्यस्त सिभिल इन्जिनियर लोहनी

घोराही (दाङ) । घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीकराज लोहनीले प्राङ्गारिक विधिमा...