back

प्रधानमन्त्रीको कुरा सुनौ भन्दा पनि टेरेन प्रतिपक्षले(भिडियो सहित)

वि.सं.२०७६ असार ३ मंगलवार

537 

shares


३ असार । संघीय संसद प्रतिनिधि सभा चौथो अधिवेशन बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण संसदको कामकार्वाही अघि बढ्न सकेन । प्रधानमन्त्री के.पी. शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम रहेको थियो तर प्रधानमन्त्री रोस्टममा पुग्न नपाउँदै प्रतिपक्षले नाराबाजी सुरु गरेका थिए । प्रतिपक्षले विरोध सुरु गरेपछि प्रधानमन्त्री मुसुमुसु हाँस्दै रोस्टममा उभिरहे ।

‘माननीय सदस्यज्यू, प्रधानमन्त्रीको कुरा सुनेपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई बोल्ने समय दिन्छु’ भनेर पटक पटक अनुरोध गरे पनि प्रतिपक्षको अवरोधका कारण आजको संसद चल्न नसकेपछि सभामुखले भोलि अर्थात् असार ४ गते सम्मका लागि बैठक स्थगन गरिएको जानकारी गराएका थिए ।

यस्तो थियो आजको कार्यसूची :
संघीय संसद प्रतिनिधि सभा चौथो अधिवेशन बैठक संख्या – २८ दैनिक कार्यसूची २०७६ असार ३ गते मंगलबार बिहान ११ः०० बजे प्रधानमन्त्रीको सम्बोधन
१) सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनु हुने । विनियोजन विधेयकमाथिको छलफल जारी
२) विनियोजन विधेयक, २०७६ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्र्तगत निम्नलिखित मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।
(क) श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,
(ख) भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय,
(ग) ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय ।
३) मा. श्री डिला सँग्रौला (पंत)ले “विनियोजन विधेयक, २०७६ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहनुे ।
४) मा. श्री सञ्जय कुमार गौतमले “विनियोजन विधेयक, २०७६ अन्र्तगत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एकसय रुपैयाँ घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहनुे ।
५) मा. श्री सत्यनारायण शर्मा खनालले “विनियोजन विधेयक, २०७६ अन्र्तगत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने ।
६) मा. श्री प्रेम सुवालले “विनियोजन विधेयक, २०७६ अन्र्तगत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहनुे ।

मनोहरप्रसाद भट्टराई
संघीय संसदको महासचिव

वि.सं.२०७६ असार ३ मंगलवार १३:५३ मा प्रकाशित

Himalayan Life AD
विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

विप्लवले फोरे पार्टीको नाम, राखे नेकपा (माओवादी)

काठमाडौँ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको पार्टीले नाम फेरेको छ...

फर्किएको रैथाने खान्कीको रौनक

फर्किएको रैथाने खान्कीको रौनक

काठमाडौँ । एक जमाना यस्तो थियो मानिस कोदोको ढिँडो लुकाएर...

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

  काठमाडौँ । ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक...

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

मानवताविरूद्धको अपराधमा शेख हसिना दोषी ठहर

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना मानवताविरुद्धको अपराधमा दोषी ठहर...

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काम नगर्ने २५ रुग्ण ठेक्का रद्द, निर्माण व्यवसायी कारबाहीमा

काठमाडौं । सरकारले सम्झौता भएका तर काम नगरेर अलपत्र पारिएका...

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

महशुल उठाउने प्राधिकरणको निर्णय सही भएको आयोगको ठहर

काठमाडौँ । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल...