back

संसदमा अमर्यादित व्यवहार भयो–प्रधानमन्त्री (भिडियोसहित)

वि.सं.२०७६ असार ३ मंगलवार

642 

shares

३ असार, काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अत्यन्तै असंसदिय र अर्मादित व्यवहार भएको बताएका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा आफ्नो सम्बोधनका क्रममा प्रतिपक्षी दल कांग्रेसले आफूलाई बोल्न नदिएर अमर्यादित व्यवहार गरेको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा बोल्न नपाएर पत्रकार सम्मेलन गरेको नभई जनचासोका विषयलाई सम्बोधन गर्नका लागि पत्रकार सम्मेलन गरेको पनि बताएका छन् ।

यस्तो व्यवहारले अकारण संसद स्थगित हुने अवस्था बनेको भन्दै प्रधानमन्त्रीले दुनियाको लोकतान्त्रिक अभ्यासमा, लोकतान्त्रिक प्रणालीमा प्रधानमन्त्रीले समसामयिक विषयमा आवश्यक परेको बेला संसदलाई विभिन्न विषयमा सरकारका दृष्टिकोणबारे जानकारी गराउने अभ्यास हुने बताउँदै प्रधानमन्त्री भन्दा आफूले पहिले बोल्न पाउनुपर्छ भनेर बालहठ लोकतन्त्रमा कहि पनि नहुने बताए ।

‘तर, आश्चर्य लाग्दो गरी आज अगाडि देखि तय भएको प्रधानमन्त्रीले बोल्ने ११ बजेको समयमा पहिले आफूले बोल्न पाउनु पर्छ भनेर नेपाली कांग्रेसले अड्डि लियो,’ प्रधानमन्त्रीले भने ।

‘लोकतान्त्रिक अभ्यासमा पहिले प्रधानमन्त्रीले त्यसपछि विपक्षी दलको नेताले बोल्ने विश्व व्यापी प्रचलन रहेको हुन्छ, तर हरेक क्षेत्रमा निहुँ खोज्ने त्यस उद्धेश्य अन्तर्गत मेरा लामो समयदेखिका लोकतान्त्रि आन्दोलनमा मीत्र शेर बहादुर देउवाजी आफैले नेतृत्व गरेर प्रधानमन्त्रीले होइन, मैले बोल्न पाउनुपर्छ भनेर रोष्ट्रम घेराउ गर्न आउनु भयो ।’ रोष प्रकट गर्दै प्रधानमन्त्रीले भने ।

त्यस्तै प्रधानमन्त्रीले युरोप भ्रमणका क्रममा भएका उपलब्धि बारे बताएका थिए ।
गुठी विधेयकका विषयमा प्रधानमन्त्रीले स्याउलामा एउटा हर्यौ होइन, हजारौ हर्यौ बसेर उकासेर भड्काउने काम गरेको भन्दै कटाक्षा गरेका थिए ।

त्यस्तै मिडियाका विषयमा बोल्दै प्रधानमन्त्रीले केहि ठूला मिडिया र संस्कृति विद्हरुले पनि सामाजिक संजालको प्रयोग गरेर गरिएको नकरात्मक कुरा र टिका टिप्पणी गरिएको भन्दै आपत्ति जनाएका थिए ।

वि.सं.२०७६ असार ३ मंगलवार १८:४३ मा प्रकाशित

Himalayan Life AD
सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

सिमेन्ट बोकेर गएको जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको...

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको उपचारका क्रममा निधन

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको...

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

मतदाता नामावली संकलन देशव्यापी उत्साहजनक रहेको आयोगको भनाई

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन...

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

सनाखतका लागि निर्वाचन आयोगमा विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सनाखतको लागि निर्वाचन...

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलबाट रेड...

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

नासामा ३४ वर्षपछि महिला नेतृत्व निर्वाचित

काठमाडौँ । नेप्लिज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) को...