४ असार, काठमाडौँ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयाल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण पनि सफल भएको छ ।
आयाल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप यादवका अनुसार पाइपमा पानीको प्रेसर पठाएरगरिएको परीक्षण सफल भएको हो । ‘पाइपलाइन बिछ्याउने काम सम्पन्न गरेर प्रेसरमा पानी पठाएर टेस्टिङ गरेका छौं,’ यादवले भने,’डबल\ट्रिपल प्रेसरमा पानी पठाउँदा पनि पाइपलाइन सफल भयो । ’
पाइप फुट्न सक्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जााच गरिएको छ । ‘१८२ केजीप्रतिसेन्टिमिटर स्क्वायरको प्रेसरमा पाइपको हाइड्रो टेस्ट गरेका छौ,’ यादवले भने,‘ अब तेल ल्याउन पाइपको अवस्था रेडी छ । ’ बुधबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ४ बुधवार ०७:४३ मा प्रकाशित




























