back

विश्वकप क्रिकेट : इङल्याण्डद्धारा अफगानिस्तान पराजित

वि.सं.२०७६ असार ४ बुधवार

372 

shares
GLOBAL IME AD
NTC AD

४ असार, काठमाण्डौं । विश्वकप क्रिकेटमा मंगलबार भएको खेलमा आयोजक राष्ट्र इङल्याण्डद्धारा अफगानिस्तान फराकिलो अन्तरले पराजित भएको छ ।

अफगानिस्तानलाई १५० रनले हराउँदै इङल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा पुग्न सफल भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको इङल्याण्डले ५० ओभरमा ६ विकेटको क्षतिसँगै ३९७ रनको ठूलो लक्ष्य अफगानिस्तानलाई दिएको थियो ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडि विश्व रेर्कड बनाएका इयान मोर्गनले ७१ बलमा १४८ रन को योगदान दिँदै किर्तिमानी ब्याटिङ गरे । उनले मंगलबारको खेलमा १७ छक्का र ४ चौका प्रहार गरेका थिए । कप्तान मोर्गन र रुटले १८९ रनको उच्च साझेदारी बनाउन सफल भएका थिए ।

त्यसैगरी अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४७ रन ल्याउन सफल भएको थियो । अफगानिस्तानका हसम तुल्लाह साहिदीले ७६ रन बनाएका थिए ।

त्यस्तै कप्तान गुलावदिन नैबले ३७ र रहमत साहले ४६ रन बनाएर आउट भएका थिए ।
इङल्याण्डसँगको हारसहित लगातार पाँचौ हार व्यहोरेको अफगानिस्तान प्रतियोगिताबाट बाहिरीने सम्भावना प्रवल देखिन्छ । अफगानिस्तान खेल तालिकाको पुछारमा पुगेको छ ।

वि.सं.२०७६ असार ४ बुधवार ०९:०८ मा प्रकाशित

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

साफ यु-१९ च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)यु-१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको...

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

महिला टी–२० क्रिकेट : नेपालद्वारा हङकङ पराजित

काठमाडौँ । युगान्डामा जारी महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले...

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

महिला टी-२० : हङकङविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी फराकिलो रन अन्तरले विजयी

भैरहवा (रुपन्देही) । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल...

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

केपी ओली कप फुटबलको उपाधिका लागि आर्मी र मछिन्द्र प्रतिष्पर्धामा

काठमाडौँ । केपी ओली कप फुटबलको उपाधिका लागि आज त्रिभुवन...

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

व्यावसायिक फुटबल खेल्न एन्जिला ग्रिस प्रस्थान

काठमाडौँ । अन्तरराष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्न नेपाल आएकी...