back

विश्वकप क्रिकेट : इङल्याण्डद्धारा अफगानिस्तान पराजित

वि.सं.२०७६ असार ४ बुधवार

513 

shares

४ असार, काठमाण्डौं । विश्वकप क्रिकेटमा मंगलबार भएको खेलमा आयोजक राष्ट्र इङल्याण्डद्धारा अफगानिस्तान फराकिलो अन्तरले पराजित भएको छ ।

अफगानिस्तानलाई १५० रनले हराउँदै इङल्याण्ड अंकतालिकाको शिर्ष स्थानमा पुग्न सफल भएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको इङल्याण्डले ५० ओभरमा ६ विकेटको क्षतिसँगै ३९७ रनको ठूलो लक्ष्य अफगानिस्तानलाई दिएको थियो ।

सर्वाधिक छक्का प्रहार गर्ने खेलाडि विश्व रेर्कड बनाएका इयान मोर्गनले ७१ बलमा १४८ रन को योगदान दिँदै किर्तिमानी ब्याटिङ गरे । उनले मंगलबारको खेलमा १७ छक्का र ४ चौका प्रहार गरेका थिए । कप्तान मोर्गन र रुटले १८९ रनको उच्च साझेदारी बनाउन सफल भएका थिए ।

त्यसैगरी अफगानिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै २४७ रन ल्याउन सफल भएको थियो । अफगानिस्तानका हसम तुल्लाह साहिदीले ७६ रन बनाएका थिए ।

त्यस्तै कप्तान गुलावदिन नैबले ३७ र रहमत साहले ४६ रन बनाएर आउट भएका थिए ।
इङल्याण्डसँगको हारसहित लगातार पाँचौ हार व्यहोरेको अफगानिस्तान प्रतियोगिताबाट बाहिरीने सम्भावना प्रवल देखिन्छ । अफगानिस्तान खेल तालिकाको पुछारमा पुगेको छ ।

वि.सं.२०७६ असार ४ बुधवार ०९:०८ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...