५ असार, काठमाडौँ । साउदी दूतावासका काउन्सिलर नै हर्ज टर्मिनलका लागि गैरकानुनी बाटो कामदार लैजान संलग्न भएको पाइएका छन् । यसका लागि बुधबार अन्तर्वार्ता चलिरहेको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा वैदेशिक रोजगार विभागको टोलीले छापा मार्दा काउन्सिल पनि भेटिएका हुन् ।
उनी ४८ सी.डी. ००३ लेखिएको नीलो ल्यान्डक्रुजमा आएका थिए । जेद्दास्थित अन्तराष्ट्रि बिमानस्थलको हज टर्मिनलका लागि ४५ दिनलाई कामदार लैजान विभागबाट स्वीकृति नलिई अन्तर्वार्ता भइरहेको थियो । हजका लागि आउँदो अगस्ट महिना तोकिएको छ ।
यो समयमा विश्वभरका मुस्लिम तीर्थयात्री साउदी जाने गर्छन् । ‘नेपाल सरकारले दुई वर्ष करार अवधिका लागि मात्रै श्रम स्वीकृति दिने नियम छ । मेता इन्टरनेसनल प्रालिले ४५ दिनका लागि भन्दै गैरकानुनी अन्तर्वार्ता लिदाँ दूताबासका कर्मचारी भेटिए,’ विभागका भीष्मराज भुसालले भने’ । बिहीबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ असार ५ बिहीवार ०७:५५ मा प्रकाशित