
५ असार, काठमाण्डौं । अरुण सेक्युरेटीज (ब्रोकर नं ३) कारबाहीमा परेको छ ।
धितोपत्र कारोबारको गोपनियता कायम नगरको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सो कम्पनीलाई कारबाही गरेको गोरखापत्रमा समाचार छ ।
नेप्सेले कारबाही स्वरुप अरुण सेक्युरेटिजलाई तीनदिन कारोबार गर्न रोक लगाएको हो । अब अरुणमा सदस्य रहेका लगानीकर्ताले असार ५ देखि ९ गतेसम्म सेयर खरिद विक्रि गर्न नमिल्ने भएको छ ।
वि.सं.२०७६ असार ५ बिहीवार ०९:४९ मा प्रकाशित




























