back

कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

वि.सं.२०७६ असार ५ बिहीवार

639 

shares

५ असार, साओ पाउलो ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।

पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो बराबरीसँगै अर्जेन्टिनाले २ खेलबाट १ अंक प्राप्त गरेको छ । चार मुलुक सहभागी समूह ख मा अर्जेन्टिना अंक तालिकाको सबैभन्दा अन्तिममा रहेको छ । अर्जेन्टिनाले अब अन्तिममा कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहमा कोलम्बियाले दुई खेलबाट ६ अंक प्राप्त गरेर नकआउट चरणमा प्रवेश गरेको छ । कोलम्बियाले बिहीबार नै भएको खेलमा कतारलाई १–० गोल अन्तरले पराजित गरेको थियो । पाराग्वेको २ अंकका साथ दोस्रो स्थानमा छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १२:२२ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...