back

कोपा अमेरिका, अर्जेन्टिना र पाराग्वेबीचको खेल बराबर

वि.सं.२०७६ असार ५ बिहीवार

609 

shares

५ असार, साओ पाउलो ।  ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार सम्पन्न प्रतिस्पर्धामा अर्जेन्टिना र पाराग्वेबीचको खेल एकएक गोलको बराबरीमा टुंगिएको छ ।

पाराग्वेका अग्रपंक्तिका खेलाडी डर्लिस गोन्जालेजले ३७औं मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाका विश्वचर्चित खेलाडी लियोनेल मेस्सीले ५७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

यो बराबरीसँगै अर्जेन्टिनाले २ खेलबाट १ अंक प्राप्त गरेको छ । चार मुलुक सहभागी समूह ख मा अर्जेन्टिना अंक तालिकाको सबैभन्दा अन्तिममा रहेको छ । अर्जेन्टिनाले अब अन्तिममा कतारसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहमा कोलम्बियाले दुई खेलबाट ६ अंक प्राप्त गरेर नकआउट चरणमा प्रवेश गरेको छ । कोलम्बियाले बिहीबार नै भएको खेलमा कतारलाई १–० गोल अन्तरले पराजित गरेको थियो । पाराग्वेको २ अंकका साथ दोस्रो स्थानमा छ ।

वि.सं.२०७६ असार ५ बिहीवार १२:२२ मा प्रकाशित

Himalayan Life AD
नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा युएई सामु दुई सय ४० रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा...

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

आइसिसी विश्वकप क्रिकेट लिग-२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र...

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

नेपाली महिला फुटबल टिमले आज भारतविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज भारतविरुद्ध मैत्रीपूर्ण...

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

युएईविरुद्धको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि–ट्वान्टी एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको...

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान

  काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि...