back
CTIZAN AD

अष्ट ज अभियन्ताहरुद्धारा कृषि बजारमा जोड

वि.सं.२०७६ असार ६ शुक्रवार

744 

shares

५ असार, काठमाण्डौं । जल, जमिन, जंगल, जडिबुटी, जलवायु, जनावर, जनशक्ति र जराजुरीको पहिचान, संरक्षण, सम्बद्र्धन तथा व्यवसायिक उत्पादनको रणनीतिमा दृढ रहेको अष्ट ज अभियानका अभियन्ताहरुले उत्पादक पनि निराश हुनुपर्ने र उपभोक्ता पनि मर्कामा पर्नुपर्ने वर्तमान अवस्थालाई चिर्नका लागि कृषि बजारमै जोड दिएका छन् ।

अष्ट ज अभियान नेपालद्धारा काठमाण्डौंमा आयोजित पदाधिकारीहरुको बैठक सहितको अभियन्ता अन्तरक्रिया कार्यक्रममा सहभागी अभियन्ताहरुले ‘अष्ट ज’ कृषि सहकारी मार्फत् उत्पादक देखि उपभोक्ता अर्थात् ‘उ देखि उ’ मा सहभागी हुने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

अभियानका कार्यबाहक उपाध्यक्ष खेम शर्मा पौडेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष डा. विष्णु चापागाईँ, महासचिव निलकण्ठ तिवारी, सचिवहरु चन्दा थापा, कृष्णराम मगराती, सहकोषाध्यक्ष रामलाल श्रेष्ठ लगायतका पदाधिकारी एवं प्रकाश नेपाल, डा. नारायणप्रसाद अर्याल, हिमाञ्चलराज भट्टराई, खेम लावती, प्रकाशचन्द्र गिरी, मोति प्रसाद खतिवडा, मित्र राना, तेज प्रसाद पुडासैनी, धनविर डंगोल, तारा बलामी, कमला गुरुङ, छविन्द्रराज कंडेल, संगीता बोगटी, विर्मश कुमारी दाहाल केसी, सुर्वण तामाङ, नबिना खड्का, पूर्णचन्द्र लामिछाने, माधब तिमिल्सीना, घनलाल काफ्ले, होम बहादुर भुसाल, हरीष भुसाल र सत्येन्द्र दंगाललगायतका अभियन्ताले नीतिगत आन्दोलन तथा सहकारीको व्यवसायिक प्रयासमा धारणा राखेका थिए ।

कार्यक्रममा अष्ट ज सहकारीका प्रबन्ध संचालक हिमाञ्चल भट्टराईले उत्पादनदेखि उपभोक्ता सम्मको बृहद संलग्नतामा सहकारी गतिमा अघि बढ्न खोजेको र बुढानीलकण्ठ नगरपालिकासँग कृषि बजारको लागि सम्झौता अन्तिम तयारीमा भएको बताएका थिए भने अभियानका महासचिव निलकण्ठ तिवारीले समाजवादका लागि पुँजीको न्यायिक वितरण हुनुपर्ने, न्यायिक वितरणका लागि स्वाधीन पुँजी हुनुपर्ने, स्वाधीन पुँजीका लागि आत्मनिर्भरता हुनुपर्ने, आत्मनिर्भरताका लागि उत्पादन हुनुपर्ने, उत्पादनका लागि उत्पादनमैत्री संस्कृति जरुरी रहने तथा सो वातावरणका लागि उत्पादक तथा किसानहरुको उत्पादनको उचित मूल्य निर्धारण सहित बजारको सुनिश्चिता हुनुपर्ने कुरामा अभियानको धारणा राखेका थिए ।

कार्यक्रममा कार्यबाहक अध्यक्ष खेम शर्मा पौडेलले उत्पयकाका १८ वटा नगरमा कृषि बजार बारे बहश बढाउन तथा अभियानको संगठन चुस्त पार्न बैठक उपलब्धिपूर्ण भएको बताएका थिए ।

वि.सं.२०७६ असार ६ शुक्रवार १३:३९ मा प्रकाशित

Himalayan Life AD
फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

फेवातालमा कार खस्दा २४ वर्षीय युवकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक...

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

निर्वाचन १९ दिन बाँकीः मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाडौँ । मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ ।...

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

पाथीभरा दर्शनपछि चुनावी परामर्शमा प्रधानमन्त्री कार्की

फुङ्लिङ (ताप्लेजुङ) । प्रधानमन्त्री सुशीला कार्कीले ताप्लेजुङमा अवस्थित पाथीभराको दर्शन...

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मकः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय...

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

विमानस्थलमा जुलुस, प्रदर्शन, भेलाजस्ता कार्यक्रम गर्न नपाइने

काठमाडौँ । काठमाडौँ प्रशासनले अतिसंवेदनशील मानिने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रमा...

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

निर्वाचन २० दिन बाँकी, कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा मतपत्र पठाउन थालियो

काठमाडौँ । निर्वाचन आयोगले कर्णाली प्रदेशका विभिन्न १० जिल्लामा मतपत्र...