back

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग प्रदान

वि.सं.२०७६ असार ६ शुक्रवार

606 

shares

६ असार, काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बुधबार म्याग्दीको सदरमुकाम बेनीबजारस्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

प्राकृतिकउपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिकपूर्वाधारहरूको निर्माणका लागि उक्त रकम प्रद्धान गरिएको हो । यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने पनि  बैकंले बताएको छ ।

“योर पार्टनरफर प्रोग्रेस”भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम् गुनासो सुनुवाई जस्ता कार्यहरू छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको  प्रेश विज्ञप्तीमा उल्लेख छ  ।

ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको बैकंले बताएको छ ।

वि.सं.२०७६ असार ६ शुक्रवार १४:१७ मा प्रकाशित

Himalayan Life AD
कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

कृषि बिना समृद्धि ? घोषणापत्रले जवाफ दिनुपर्छ !

नेपालको राजनीतिक इतिहासमा हरेक चुनावसँगै घोषणापत्र सार्वजनिक हुन्छन्। ती घोषणापत्रहरूमा...

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

ब्रिटिस काउन्सिलद्वारा ‘इक्वेल टुगेदर’ कार्यक्रमअन्तर्गत १२ कला परियोजनालाई अनुदान

काठमाडौँ । ब्रिटिस काउन्सिलले लैङ्गिक समानताको सवाललाई सम्बोधन गर्ने तथा...

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

सामसङ नेपालद्वारा टि ट्वान्टी विश्वकप सिजनका लागि एआई टिभीमा आकर्षक अफर

काठमाडौं । सामसङ नेपालले T20 विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना...

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

जस्मिन पेन्ट्सको ‘जापान भ्रमण’ योजनाको विजेतालाई टिकट हस्तान्तरण

कोहलपुर । जस्मिन पेन्ट्सको उपभोक्ता योजना "चाडपर्वको उमङ्ग, जापान घुमौँ...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार, आज यी कम्पनीले बढी गुमाए

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...