
६ असार, काठमाण्डौं । सेना र जनपद प्रहरीको वीचमा अधैसैनिक प्रकृतिको पुलिस फौजका रुपमा कार्यरत सशस्त्र प्रहरी बलको मुख्यालयमा योगाभ्यासकोको हलचल सुरु भएको छ ।

आर्ट अफ लिभिङ र शसस्त्र प्रहरी वलको संयुक्त आयोजनामा भएको कार्यक्रममा शसस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मानव जीवन र स्वास्थ्यका लागि योगाको महत्व निकै रहेको तथा शारिरीक श्रम सहितको फौजी जीवनमा

आत्मशान्ति र चित्त प्रसन्नताको लागि पनि योगा जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा आर्ट अफ लिभिङका कृष्ण केसीले धर्म, सम्प्रदाय, विचार, वर्ग, दृष्टिकोण भन्दा माथि उठेर सकारात्म सोँच सहितको मानवतावादको विकास गर्न योगा जरुरी रहेको बताएका थिए ।

कार्यक्रमकी संयोजक रितिका लोहिया, एआइजी रामशरण पौडेल र नारायणबाबु थापा लगायतले योगाको महत्व बारे प्रकाश परेको उक्त कार्यक्रममा प्रयोगात्मक अध्यास समेत गराईएको थियो ।


वि.सं.२०७६ असार ६ शुक्रवार १७:५१ मा प्रकाशित




























