back

जापानबासी नेपालीसँगको अन्तरक्रिया छोडेर किन हिँडे नेपाल एयरलाईन्सका अध्यक्ष खरेल ?

वि.सं.२०७६ असार ७ शनिवार

204 

shares
RBB AD
NTC AD

जापान भ्रमणमा रहेका नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए ।

जापान पुगेका निगमका अध्यक्षमाथि अन्तरक्रिया कार्यक्रम छोडेर हिँडेको आरोप जापानको ओशाकामा रहेका नेपालीहरुले लगाएका छन् ।

यस्तो छ उनीहरुको आरोप
ओसाकामा केहि सिमित ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग गोप्य रुपमा डिनर मिटिङ तय भएको थियो । ओसाकास्थित दिपरसना इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे अप्रत्यक्ष रुपमा जानकारी पाएपछि ओसाका,क्योटो,कोबे,नारा लगायतको ठाउँबाट करीब ४० जना नेपाली त्यहाँ पुगेका थिए ।
बिधिबत जानकारी भने केही जापानिजहरुलाई र अप्रत्यक्ष केहि नेपालीलाई मात्र थियो तर नेपालीहरु पनि कार्यक्रम हो, हैन हुन्छ÷हुदैन भन्ने कुरामा आधिकारिक जानकारी नभएकोले अन्योलका बीच राष्ट्रिय प्रतिष्ठा जोडिएको बिषय भएकोले स्वतस्फूर्त त्यहाँ पुगेका थिए ।
जापानी समयअनुसार साँझको ६ बजे रेष्टुरेन्टमा पुगेका अध्यक्ष खरेल सहितको नेपाली टोली ८ बजे जापानी पाहुँनाहरुलाई बिदाई गर्ने निहुँमा बाहिर निस्किएर त्यतिकै फरार भएका थिए ।

बिना जानकारी भागे खरेल ?
साँझको १८ः०० बजे सिमित आमन्त्रित जापानिजहरुसँगको चिनजान कार्यक्रम भयो जसलाई नेपाल एयरलाईन्सका PSA पर्सनल एजेन्ट पाएका मध्येका एक भनिएका सुनिल केसीले सहजता गराएका थिए । त्यसपछि उपस्थित नेपालीहरुले खरेलसँग केहि जिज्ञासा राख्ने विचार गरे र खरेल पक्षले त्यसलाई नचाहँदा नचाहँदै सुन्नु पर्ने बाध्यता थियो ।
त्यसै क्रममा केहि नेपालीहरुलाई कन्ट्री म्यानेजर सन्तोष पाण्डेले एक एक गरि बाहिर लादै केहि पनि नबोल्न या कुनै पनि किसिमका प्रश्नहरु नगर्न कसैलाई कानेखुसी अनुरोध त कसैलाई हेपाहा प्रवृतिमा दबाब दिइरहेका थिए ।

यसका बाबजुद नेपालीहरूले ओसाका उडान कहिले हुन्छ ? यहाँबाट उडान नै नगर्न खोजिएको हो ? नेपाल एयरलाईन्सका प्रबक्ताले जापानमा बिद्यार्थी जाने समय जुलाई हो तर हाम्रो उडान जुलाई ४ बाट भएकोले सबैभन्दा बढी बिद्यार्थी जाने समयलाइ हामीले समेट्न सक्ने र यस्तै कारणले गर्दा टिकट एउटा भन्दा बिक्री भएन भनेर संचार माध्यममा बिज्ञप्ति निकालेर फेरि लगत्तै १५० टिकट बिक्री भएको भनेर बिज्ञप्ति आया,े जबकि बिद्यार्थी कै हकमा कुरा गर्दा जापानमा अध्ययनको लागि सबैभन्दा प्रमुख इन्टेक अप्रिल हो । त्यसपछि अक्टोबर हो भने जुलाई भनेको अत्यन्त न्यून संख्यामा आउने सिजन हो । यस्तो सत्यतालाई लुकाएर प्रबक्ताले कान्साई बासी नेपालीलाइ मात्रै नभएर सम्पूर्ण जापानबासी नेपालीलाई लज्जित गराउने र नेपाल एयरलाईन्सलाइ डुबाउने खालको लज्जास्पद तर्क किन दिएको ? यसमा तपाईहरुले क्षमा याचना गर्नु पर्छ कि पर्दैन ? जस्ता प्रश्नहरू गरेपछि खरेल नेपालीहरूसँग एकाएक अशोभनिय तरिकाले प्रस्तुत भएका थिए ।

त्यसपछि नेपाल एयरलाईन्सका जापानस्थित कन्ट्री डाइरेक्टर सन्तोष पाण्डेले केही नेपालीलाई एक्लाएक्लै लगेर सम्झाउने कोशिश समेत निरन्तर गरिरहेका थिए । प्रश्नकै क्रममा जापानमा नेपाल एयरलाईन्सको साख जोगाएर राख्ने देवमान हिराचन जसलाई नेपाल एयरलाईन्सको नै बिशेष अनुरोधमा २००७ मा नेपाल एयरलाइन्स बन्द भएदेखि हालसम्म अधिकारिक प्रतिनिधि अधिकार दिएको छ र सम्पूर्ण कार्य वहाले गर्दा गर्दै पनि आज वहालाई नै बाइपास गर्न खोजे जस्तो गरेर जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई आफैंले निमन्त्रणा पठाउन लगाएर देशको इज्जतलाई नै ख्याल नगरी किन तपाईहरु यहाँ भनेर ? प्रश्न थपियो । त्यो प्रश्न थपिने बित्तिकै खरेल एकाएक आक्रमक शैलीमा अशोभनीय तरिकाले प्रस्तुत हुदै भने, ‘३०–४० बर्ष देखि म यो पेशामा छु के गर्नु पर्छ कस्तो गर्नु पर्छ मलाई तिमिहरुले सिकाउनु पर्छ ? को हो देवमान हिराचन भनेको Who is he ? भन्दै यो नेपालीहरु जहाँ गएपनि शोमत नै हुदैन’ भन्दै जापनिज पाहुनाहरुको अगाडी नै गैरजिम्मेवार तरिकाले प्रस्तुत भएका थिए । यति भएपछी स्थितिलाइ खरेल आफैले असामान्य बनाउन खोजे पनि उपस्थितहरुले उनलाई आफ्नो पदीय मर्यादालाइ ख्याल गरेर जिम्मेवार भएर जवाफ दिन अनुरोध गर्दै यहाँ कोही व्यक्ति सँगको समस्या भन्दा पनि राष्ट्रिय गौरब ध्वजाबाहक राष्ट्रिय सम्पतिको समस्या भएकोले त्यसको लागि इमान्दारी भैदिन अनुरोध गरेका थिए । अनुरोध र चाहनालाई मध्यनजर गर्दै खानपिन सकेर आमन्त्रित जापानीजहरु बिदाइ गरेपछि नेपाली हरुसँग भद्र छलफल गर्ने भनेर खान पिन सुरु तिर लागे ।

किन आक्रोशित भए नेपालीहरु ?
भद्र सहमतिमा अन्तरक्रिया गरौ भनेर खानपिन गर्न लागेका सबै जब खानपिन सकियो तब आमन्त्रित केहि जापानिज हरुलाई पठाउने भनेर बाहिर निस्किएका अध्यक्ष खरेल बाहिर बाहिरैबाट भागिसकेको तर उनको बचनलाई कदर गरि विश्वास गरेर हलभित्र प्रतिक्षा गरेर बसेका नेपालीहरुलाई पत्तै भएन । १५,२० मिनेटसम्म पनि खरेल भित्र नपसेपछि केहि नेपालीहरु बाहिर आएर व्यक्ति–व्यक्ति कानेखुसी गरिरहेका कन्ट्री म्यानेजरलाई जिज्ञासा राख्दा उनले ‘उहाँ अर्को मिटिंगमा जानु भयो’ भने त्यहि प्रश्नमा अर्का व्यक्तिलाई ‘आराम गर्न फर्किनु भयो’ भनेर जवाफ दिएका थिए । जबकी त्यतिखेरसम्म सँगै आएका निर्देशक टंकनिधि दाहाल भने त्यहि थिए ।

पाण्डेको गैरजिम्मेवार पाराबाट आक्रोशित भएको माहोलले उनलाई प्रश्न गर्दा ‘तिमीहरुको अगाडी म छदै छु त तिमीहरु सबैलाई म मिलाउछु’ भन्दै असभ्य भाषामा उपस्थितहरुसँग पेश भएपछी ‘तपाईले कसलाई तिमि भनेको ? सभ्य रहेर बोल्न सिक्नु तपाई ओसाका आएको ८ महिना भैसक्दा पनि तपाईको उपलब्धि के हो ? तपाई गैरजिम्मेवार व्यक्तिबाट यहाँ केहि हुदैन खरेललाई तत्काल लिएर आउनुस् नत्र परिस्थिति अर्कै हुन पनि सक्छ’ भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका पाण्डेप्रति उपस्थितहरु खनिएपछी उनले भनेका थिए, ‘मैले बोल्न जानिन मलाइ माफ गर्दिनु होला म आफूलाई सुधार्ने प्रयास गर्छु’ भन्दै हात जोडेर भिडसँग माफ माग्दै आफूले खरेल सरलाइ लिएर आउने बचन दिएर निक्लिएका थिए । तर, दुर्भाग्य न त पाण्डे आए न त खरेल नै ।

कान्साई बासी नेपालीहरु भने उनीहरुलाई रातको अबेर सम कुरेर बसिनै रहे । रातको २२ : ०० बजे सम्म कोहि नआएपछि रास्ट्रको इज्जतलाई लिलाम गर्ने ठगहरुबाट अपमानित भएको बताउँदै उपस्थितहरु उनीहरु बसेको होटल मै गएर भएपनि भेट्ने भन्दै खरेल बसेको भनिएको hotel Ritz Carlton होटल (जो संसारको सबैभन्दा महँगो होटल मा पर्छ) मा गए । यो बिचमा निरन्तर कन्ट्री म्यानेजर सन्तोष पाण्डेलाई फोन गर्दा उनले फोन स्विच अफ गरिसकेको संकेत आइसकेको थियो ।

झन्डै १५ जनाको समूह खरेल बसेको होटलमा पुगेर उनको बारेमा जानकारी लिँदा उनि अझै होटलमा फर्की नसकेको जानकारी आयो । गएकाहरु केहि समय होटलकै रेस्टुरेन्टमा एक घण्टा जति कुरेर बसे । तर पनि खरेल फर्किएको कन्फरमेशन हुन सकेन । रातको २३ :३० तिर फेरि होटलमा पुगेका कान्साई बासी नेपालीहरु बिना भेट फर्किन बाध्य भए ।

एनआरएन जापानको सल्लाहकार लगायत विभिन्न संघ संस्था राजनीति दलका प्रतिनिधिहरु उपस्थित भएको समूह मा ब्यबसायिक स्वार्थसँग जोडिएका कोहि पनि थिएन जति उपस्थित थिए सबै राष्ट्र र राष्ट्रिय गौरबको बिशेष चिन्तासँग जोडिएको बिषय भएकोले स्वतस्फूर्त जोडिन पुगेका थिए ।

स्वीकृति पाइसकेको ओसाकाको उडान घोषित मितिमा नगरी रास्ट्रको इज्जत नेपाली हरुको इज्जत र कान्साई बासी हरुको मर्ममा ठूलो चोट पुरयाउदै राष्ट्रिय ध्वजाबाहकलाई धरासयी बनाउने खेलमा खरेल लागेको र बिचौलियाहरुको चलखेलमा अस्वाभाविक जबर्जस्त भ्रमण गरेर राष्ट्रिय ढिकुटीलाई रित्तो बनाउने काम गरेको र उपस्थित नेपाली जनमानसलाई अपसब्द र अभद्र ब्यबहार गर्दै भागेर हिडेको आरोप उनीहरुको छ । साथै यो सबैको पछाडी कन्ट्री म्यानेजर सन्तोष पाण्डे पनि दोषी देखिएकोले मदन खरेल र सन्तोष पाण्डेले सार्बजनिक रुपमा माफि माग्नु पर्ने भन्दै कान्साई निवासी नेपालीहरू आक्रोशित भएको पनि बताइएको छ ।

यस विषयमा संसारन्युजले अध्यक्ष मदन खरेलको मोबाइल नंम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

वि.सं.२०७६ असार ७ शनिवार १६:३९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

व्यक्ति केन्द्रित समिति गठन गर्न नहुने एमाले उपाध्यक्ष पोखरेलको भनाई

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले...

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी...

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको...

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

सहकारी प्रकणमा संसदीय छानविन समिति गठन गर्नुपर्नेमा विपक्षी दलहरु एकजुट

काठमाडौं । नेपाली कांग्रेसले गरेको सहकारी प्रकरणमा अनुसन्धान गर्न संसदीय...

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

संसद अवरोधको गाँठो : छुट्टाछुट्टै छलफलमा जुटे सत्तारुढ र विपक्षी दलहरु

काठमाडौं । सत्तारुढ दल र विपक्षी दलहरु छुट्टाछुट्टै छलफलमा जुटेका...