back
CTIZAN AD

यी भारतीय मन्त्री जसले हिन्दुहरुलाई पशुपति पठाउँदै छन्

वि.सं.२०७६ असार ७ शनिवार

939 

shares

७ असार, काठमाण्डौं । भारतको राजस्थान प्रदेशका क्याविनेट मन्त्री विश्वेन्द्र सिंहले राजस्थानका बृद्धबृद्धाहरुलाई पशुपतिको निःशुल्क यात्रा गराउने निर्णय गरेका छन् ।

राजस्थान सरकारको पर्यटन एवं देवस्थान विभाग सम्हालेका मन्त्री सिंहले सो प्रदेशका वरिष्ठ नागरिकको तीर्थयात्रा योजनाको विस्तार गर्दै काठमाण्डौंको पशुपतिनाथलाई पनि जोडेका छन् । फस्ट इण्डिया न्युज राजस्थानले उदृत गरे अनुसार अजमेर, निजामुद्दिन दिल्ली, शेख सलिभ, फतेहपुरलाई रेल यात्राको सर्किटले जोड्ने तथा वरिष्ठ नागरिकहरुलाई देहरादुन, हरिद्धार, ऋषिकेश, गंगासागर, दक्षिणेश्वरकाली, वेलुरमठ र पशुपतिनाथ सम्मको हवाइ यात्राका लागि दुईतर्फी (जोडा) हवाई टिकट नै उपलब्ध गराउने निर्णय गरेका छन् ।

यससम्बन्धमा ट्विीटरमा भनिएको छ, ‘रेल और हवाइ मार्ग से ५-५ हजार लोगोको करवाऐंगे तीथ यात्रा vishvendra singh   ने घोषणा, पहली यात्रीमे पशुपतिनाथ, काठमाण्डु तक जाएंगे वरिष्ठ नागरिक’ राजस्थान सरकारको यो निर्णयसँगै नेपाली पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।

खुमेरको दिग विधायक क्षेत्रबाट निर्वाचन जितेका विश्वेन्द्रले यसअघिको ७० वर्षका लागि धार्मिक तीर्थाटन गराउने परपंपरा तोड्दै ६५ मा झारेका हुन् र काठमाण्डौलाई पनि जोडेका हुन् । धार्मीक तीर्थाटनको सर्किटमा पशुपतिनाथ समेटिएपछि हिन्दुधर्मालम्बीहरु खुसी भएको भारतीय समाचार माध्मले बताएका छन् ।

यो निर्णयबाट नेपाली होटल व्यवासायी तथा पर्यटन क्षेत्र उत्साहित भएको होटल कमलका संचालक हिमाल श्रेष्ठले सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

वि.सं.२०७६ असार ७ शनिवार १७:१३ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...