
७ असार, काठमाण्डौं । भारतको राजस्थान प्रदेशका क्याविनेट मन्त्री विश्वेन्द्र सिंहले राजस्थानका बृद्धबृद्धाहरुलाई पशुपतिको निःशुल्क यात्रा गराउने निर्णय गरेका छन् ।
राजस्थान सरकारको पर्यटन एवं देवस्थान विभाग सम्हालेका मन्त्री सिंहले सो प्रदेशका वरिष्ठ नागरिकको तीर्थयात्रा योजनाको विस्तार गर्दै काठमाण्डौंको पशुपतिनाथलाई पनि जोडेका छन् । फस्ट इण्डिया न्युज राजस्थानले उदृत गरे अनुसार अजमेर, निजामुद्दिन दिल्ली, शेख सलिभ, फतेहपुरलाई रेल यात्राको सर्किटले जोड्ने तथा वरिष्ठ नागरिकहरुलाई देहरादुन, हरिद्धार, ऋषिकेश, गंगासागर, दक्षिणेश्वरकाली, वेलुरमठ र पशुपतिनाथ सम्मको हवाइ यात्राका लागि दुईतर्फी (जोडा) हवाई टिकट नै उपलब्ध गराउने निर्णय गरेका छन् ।
यससम्बन्धमा ट्विीटरमा भनिएको छ, ‘रेल और हवाइ मार्ग से ५-५ हजार लोगोको करवाऐंगे तीथ यात्रा vishvendra singh ने घोषणा, पहली यात्रीमे पशुपतिनाथ, काठमाण्डु तक जाएंगे वरिष्ठ नागरिक’ राजस्थान सरकारको यो निर्णयसँगै नेपाली पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
खुमेरको दिग विधायक क्षेत्रबाट निर्वाचन जितेका विश्वेन्द्रले यसअघिको ७० वर्षका लागि धार्मिक तीर्थाटन गराउने परपंपरा तोड्दै ६५ मा झारेका हुन् र काठमाण्डौलाई पनि जोडेका हुन् । धार्मीक तीर्थाटनको सर्किटमा पशुपतिनाथ समेटिएपछि हिन्दुधर्मालम्बीहरु खुसी भएको भारतीय समाचार माध्मले बताएका छन् ।
यो निर्णयबाट नेपाली होटल व्यवासायी तथा पर्यटन क्षेत्र उत्साहित भएको होटल कमलका संचालक हिमाल श्रेष्ठले सार्वजनिक प्रतिक्रिया दिएका छन् ।
वरिष्ठ तीर्थ यात्रियों को तोहफा
विदेश भी जाएंगे तीर्थयात्री, काठमांडू और पशुपतिनाथ सर्किट शामिल
5000 यात्री रेल से और 5000 यात्री हवाई मार्ग से जाएंगे तीर्थ यात्रा पर
देवस्थान मंत्री @vishvendrabtp की पहल पर रेल यात्रा में दो और हवाई यात्रा में तीन नए सर्किट जोड़ें #Rajasthan pic.twitter.com/pyJ6PXNsxR— जनसंपर्क, राज. सरकार (@DIPRRajasthan) June 19, 2019
वि.सं.२०७६ असार ७ शनिवार १७:१३ मा प्रकाशित