back

जनप्रतिनिधिलाई किन यस्तो भने आविष्कार केन्द्रका महाविर पुनले ?

वि.सं.२०७६ असार ७ शनिवार

528 

shares

७ असार, काठमाण्डौं । राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महाविर पुनले गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिहरु र प्रतिनिधिसभाका निर्बाचित सदस्यहरुलाई योगासनमा बसेर यस्ता कुरा सोचेमा देश विकासमा ठूलो योगदान हुने बताएका छन् ।

पुनले सामाजिक संजाल फेसबुकमा आफ्ना बिचार राख्दै आफ्ना विचारसँग सहमत हुने जनप्रतिनिधिले आफूसँग सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

सामाजिक संजालमा उनले भनेका छन् ‘आफूलाई मनमा आएको कुरा भन्दैछु । यस्तो उत्पटयांग कुरा भन्यो भनेर कोहि पनि नरिसाउनु र नबहुलाउनु होला । देश बिकासमा लागीरहनु भएका गाउँपालिका, नगरपालिका जन प्रतिनिधिज्युहरु र प्रतिनिधि सभाका निर्बाचित सदस्यज्युहरुले एक पटक योगासनमा बसेर सोच्नु होस त। यो तलको कुरा गर्नै नसकिने कुरा मैले प्रस्ताब गरेको छैन होला। यसो गरे पनि देश बिकासमा ठुलो योगदान हुनेछ। यसलाई कसैले पनि मैले मागेको भनेर पटक्कै नसम्झनु होला। यसो गरे कसो होला भनेर म लाटो मान्छेले सरसल्लाह गरेको मात्र हो। यो कुरा संग सहमत हुने जन प्रतिनिधिहरुले सम्पर्क गर्नु होला ।

आम नागरीकको सहयोगमा हाल संचालन भैरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउनको लागी भविष्यमा कुनै ठोस आर्थिक श्रोतको आधार नबनुन्जेल सम्म निम्न तरिकाले सहयोग प्राप्त भयो भने पनि यसलाई मज्जासँग अगाडी बढाउन सकिन्छ । हजारौं उपायहरु मध्ये यो एउटा उपाय मात्र हो ।

१-हालको ७५३ ओटा नगरपालिकाहरू र गाउँपालिकाहरुले प्रत्येकले प्रति बर्ष औसतमा रु. एक लाखको दरले दिने हो भने रु. ७ करोड ५३ लाख हुन्छ ।

२-अनि प्रतिनिधिसभामा निर्बाचित १६५ जना सदस्यहरुले आफ्नो निर्बाचन क्षेत्रको विकास गर्ने प्रति सदस्यले पाउने भनेको रु. ६ करोडबाट प्रत्येकले प्रति बर्ष रु. ५ लाखको दरले छुट्याउने हो भने रु. ८ करोड २५ लाख हुन्छ ।

३-यो माथिको दुईवटा रकम जम्मा गर्यो भने रु, १५ करोड ७८ लाख हुन आउँछ । यदि माथि हिसाबमा देखाइए अनुसारको रकमको २५५ रकम जम्मा भयो भने पनि प्रति बर्ष रु.३ करोड ९५ लाख अथवा झन्डै रु.४ करोड हुन आउँछ ।

प्रति बर्ष यती सम्म पनि गर्न सक्यो भने नेपालका थुप्रै प्रतिभाहरुलाई बिभिन्न क्षेत्रको उद्यमी बनाउन सकिनेछ र देशमा बिस्तारै रोजगारीओ सृजना हुँदै जानेछ । लौ त–सुन्ने लाई फूलको माला र बुझ्नेलाई सुनको माला ! धन्यबाद ।’

वि.सं.२०७६ असार ७ शनिवार १७:४० मा प्रकाशित

Himalayan Life AD
विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

विद्यार्थी संगठनबीच एकताको तयारी : अखिल (क्रान्तिकारी)ले बनायो कार्यदल

काठमाडौं । वाम दलबीचको एकता प्रयासलाई साथ दिँदै माओवादी केन्द्र...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्चमा

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४...

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

जेनजी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा पोखरामा आगजनी र तोडफोडमा संलग्न...

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

श्रीमतीको बलत्कार आरोपमा जेल बसेर फर्किएपछि श्रीमतीकै हत्या

काठमाडौँ । काठमाडौं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी पदमुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी...