सपनाको शहर अमेरिका जाने रहर कसलाई नहोला र । “पासपोर्ट त बनाइयो तर भिषा दिने नदिने निधो छैन हल्ला नगरौ है । दिएन भने इज्जत जान्छ। फलानालाई त छोराछोरी तेतै हुँदा पनि दुई तिन पटकसम्म भिषा दिएन रे । गोप्य नै राख्नु पर्छ है ।”
अमेरिकामा घर भएको, राम्रो जागिर भएको, ब्यबसाय भएको, सम्पत्ति भएको, छोराछोरी भएको वा सबै भएको भएकाहरूको आफन्तलाई पनि भिषा नदिएका उदाहरणहरू धेरै नै छन । गैर कानुनी वा शरणार्थी रूपमा बसेका परिबारको भिषामा कडाई गरेको सुनिन्छ ।
म यहाँ टुरिष्ट भिषाको कुरा गर्दैछु ।
के हेर्छन र सोध्छन त इन्टर भ्यू लिने कन्सुलर अधिकारीहरू :
1) कहा जादै हुनुहुन्छ ? न्यूयोर्क …
2) कहिले जाने योजना बनाउनु भएको छ ? June …
3) किन जादै हुनुहुन्छ ? घुम्न र भेटघाट ..
4) पहिला अमेरिका जानु भएको थियो ? छैन ..
5) कति समय बस्ने योजना छ ? ! … महिना
6) अमेरिकामा गएर काम गर्ने योजना छ ? छैन
7) अमेरिकामा तपाई आफन्त को को छन ? छ, छोरा छोरी
8) कहा बस्नु हुन्छ ? छोरा/छोरीसंग ..। यदि साथी वा आफन्त कहा बस्ने भए सम्बन्ध के हो र के गर्छन र कहा बस्छन ? साथी, न्यूयोर्क, जागिर वा ब्यबसाय वा थाहा छैन !
9) तपाई के काम गर्नु हुन्छ ? ब्यापार, शिक्षक …
10) नेपालमा तपाईको परिबारमा को को छन ? २ छोरा ! छोरी नाती नातीना, बाबु आमा …
11) तपाई नेपाल फर्कने आधार के छ ? जागिर, ब्यबसाय, पारिवारिक जिम्मेवारी
सल्लाह:
1) नेपाल फर्कन बाध्य पार्ने आधार: जागिर, ब्यबसाय, सामाजिक वा पारिवारीक अवस्था/जिम्मेवारी,पद/हैसियत, आर्थिक बन्धन आदि।
2) अमेरिका नबस्ने आधार : कतै ऊ अमेरिका गएर उतै त हराउदैन । गैर कानुनी रूपले त बस्दैन, सरकार थप ब्यह भार त पार्दैन भन्ने कुरामा ऊ सहमत हुनु पर्छ । अमेरिकामा मेरा सबै छोराछोरी, ठुलो घर संम्पत्ती छ भन्दैमा भिषा नदिन पनि सक्छ।
3) पारिवारीक पृष्ठभूमी वा रेड फ्लाग : कतै पारिवारका अन्य सदस्यहरू अमेरिकामा गैर कानुनी रूपले बसेका वा शरणार्थी वा कुनै गैर कानुनी काम गरेका त छैनन भन्ने कुरा समेत हेर्न सक्छ।
4) अमेरिकामा यदि साथी वा आफन्तले बोलाएर वा उसैकोमा बस्न जाने हो भने उक्त पारिवारको क्रेडिट हिस्ट्री र आर्थिक अबस्था समेत हेर्न सक्छ । कतै सरकार बाट गरिब बनि सुबिधा त लिएको छैन भन्ने समेत हेर्न सक्छ ।
इन्टरभ्यूमा सोधेको प्रस्नको उत्तर दिदा:
1) प्रश्न सोध्ने अफिसरहरू निक्कै सरल, नरम, मिठो र बिस्तारै बोल्छन । पटक्कै नआत्तिनु होला ।
2) सिधा, छोटो, स्पष्ट र सरल उत्तर दिनु होला ।
3) फोटो खिच्दा चस्मा नलगाउनु होला ।
4) शरीर र मुखको हाऊ भाउ (body language) लाई सामान्य राख्नु होला ।
5) सामान्य कपडा लगाउनु होला ।
6) नजानेको कुरा मिलाएर वा गलत वा अन्दाजमा नभनी स्पष्ट सिधा मलाई थाहा भएन वा थाहा छैन भन्नु होला ।
7) आबेदन फारम भर्दा कुनै पनि गलत सुचना नभर्नु होला । के भरेको छ राम्ररी जान्नु होला र फरक कुरा नगर्नु होला ।
8) फारममा भरेको सुचनाको आधारमा धेरै प्रतिशत भिषा दिने नदिने निधो गरि सकेका पनि हुन सक्छन ।
9) अमेरिका टुरिष्ट भिषामा आउन सामान्यत आफ्नो मानिस, चिठी वा कुनै डकुमेन्ट आबस्यक पर्दैन । optional: invitation letter, event, brochure, cards, w2, Bank statement,Travel Itinerary, Insurance, form I-134 …!
10) सबै कुरा ठिकठाक हुदाहुदै पनि कहिले काहि निती, अबस्था, अधिकृतको मुड र तपाईको भाग्यले पनि साथ नदिन सक्छ ।
11) एक पटक भिषा नदिदैमा पुन: आबेदन भर्न नडराउनु होला । बरू कहा के गल्ति भयो भनि फारम र आफैलाई पुनर्मुल्याकन गर्न नभुल्नु होला।
भाग्यले तपाईको साथ र भिषा दुबै दिओस ! अमेरिकामा तपाईलाई स्बागत छ ।
वि.सं.२०७६ असार ७ शनिवार १७:४७ मा प्रकाशित