
७ असार काठमाडौं । एक दिवसिय विश्वकप क्रिकेटको आजको खेल भारतले जितेको छ । इङग्ल्याण्डको रोजवल स्टेडियममा जारी रहेको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।
टस जितेर पहिले ब्यटिङ रोजेको भारत निर्धारित ५० ओभरको खेलमा आठ विकेटको क्षतिमा २२४ रनमा समेटिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९.५ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै २१३ रन जोडेको छ ।
वि.सं.२०७६ असार ७ शनिवार २३:४६ मा प्रकाशित




























