
८ असार , काठमाडौँ । नेपाली कांग्रेसभित्र १४ औँ महाधिवेशन गर्ने कि पार्टीका अपूर्ण संरचनालाई पूर्णता दिने भन्नेमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच मतभेद तीव्र बन्दै गएको छ । सभापति शेरबहादुर देउवा पक्ष दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअघि नै विधानको व्यवस्था अनुसार विभागसहितका संरचना गठन गर्ने तयारीमा छ । तर, नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको त्यसको विपक्षमा छ ।
असन्तुष्ट पक्षले महाधिवेशन भएको तीन वर्षपछि विभागहरु गठन गर्नुको औचित्य नभएको दाबी गर्दे अब नयाँ तयारीमा जुट्नुपर्ने तर्क अघि सारेको छ । स्थानीय, प्रदेश र संघको आगामी निर्वाचन तयारीमा जुट्नुपर्ने तर्क अघि सारेको छ । स्थानीय, प्रदेश र संघको आगामी निर्वाचन तयारीमा जुट्न पनि समयमै १४ औँ महाधिवेशन गर्नुपर्ने निष्कर्ण असन्तुष्ट पक्षको छ । पार्टी विधानअनुसार चारवर्षे कार्यकालका लागि देउवा सभापति निर्वाचित भएको तीन वर्ष बढी भइसकेको छ । आइतबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ८ आइतवार ०७:२६ मा प्रकाशित




























