८ असार धनगढी । सुदूरपश्चिममा साउनयता भएका फरक–फरक सडक दुर्घटनामा दुई सय १२ जनाको मृत्यु भएको छ । ती दुर्घटनामा चार सय ३५ जना गम्भीर घाइते भएका छन् ।
क्षेत्रीय टा«फिक प्रहरी कार्यालय धागढीका प्रहरी उपरीक्षक केदार रजौरेका अनुसार सुदूरपश्चिममा अघिल्ला वर्षको तुलनामा दुर्घटना, घाइते र मृतकको सङ्ख्या बढेको छ । सुदूरश्चिममा आर्थिक वर्ष २०७२\०७३ मा सडक दुर्घटनामा एक सय १२ जनाको मृत्यु भएकोमा २०७३\०७४ मा यो सङ्ख्या बढेर एक सय ३२ पुग्यो । त्यस्तै सडक दुर्घटनामा २०७४\०७५ मा १ सय ६६ जनाको मृत्यु भयो । ‘सवारीदुर्घटना दढ्दै गएका छन् ,’ रजौरले भने, सडकको अवस्था, सवारीसाधनको चाप, चालकको लापरबाही, तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्ने , ट्राफिक नियम उल्लंघन गर्ने जस्ता प्रवृत्तिले दुर्घटना बढिरहेका छन् ।’ आइतबारको नागरिक दैनिकबाट
वि.सं.२०७६ असार ८ आइतवार ०७:४५ मा प्रकाशित




























