back

पाँच दलित किशोर नौ महिनादेखि भारतमा बन्धक

वि.सं.२०७६ असार ८ आइतवार

660 

shares

८ असार, लहान । राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाईएको छ । सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो ।

यसरी बन्ध्क बनाइएकामा लहान–१५ लंग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् । उनीहरुलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरा समेत गर्न नदिएको मुम्बईमा बन्धक बनेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले भने । मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राका हुन् ।

मुम्बईमा हामीलाई ‘दास’ सरह काममा जोताइएको र परिवारसँग सम्पर्क गर्न नदिएकोलले भागेर फर्केको जितन सदायले बताए । आफूहरुलाई ट्रकबाट ल्याइएको समान लोड अनलोड गर्न लगाइएको उनको भनाई छ । ‘बिहान ५ बजेदेखि मध्यरातसम्म काममा जोताइयो,’ उनले भने, ‘ खान पनि राम्रोसँग दिइएन ।’ उनले ज्यान जोगाउनकै लागि भागेको बताए ।

उनीहरुलाई काम गर्न भनेर भारत लगेका लाहान १३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले उनीहरुलाई दलालको जिम्मा लगाएर मोटो रकम लिएर फर्किएको आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

यसैविषयमा इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक भेषराज रिजालले रवि महतोविरुद्ध प्रहरीमा उजुरी परेको बताए ।

वि.सं.२०७६ असार ८ आइतवार ०७:४६ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...