
८ असार । शेयर बजारका लगानीकर्तामा दुई लघुवित्तको पाँच करोड ३२ लाख ६० हजार रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) मा लगानीको अवसर खुला हुने भएको छ।
नेपाल धितोपत्र बोर्डले आँधीखोला लघुवित्त वित्तीय संस्था र घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई सो मात्राको आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै अब दुई संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरको कूल ५ लाख ३२ हजार ६०० कित्ता सेयर जारी गर्ने भएका हुन्।
भिरकोट १, बयरघारी, स्याङ्जामा केन्द्रीय कार्यालय रहेको बिहिबार बसेको बोर्डको बैठकले आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडलाई ४ करोड रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको छ भने घोडाघोडी लघुवित्त वित्तीय संस्थालाई १ करोड ३२ लाख ६ हजार रुपैयाँ बराबरको आइपीओ निश्कासनको अनुमति दिएको हो ।
आँधीखोला लघुवित्त वित्तीय संस्था लिमीटेडले आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकका लागि एनआइबिएल एस क्यापिटल लिमीटेडलाई नियुक्त गरेको छ भने घोडाघोडी लघुवित्त वित्तीय संस्थाले प्रभु क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
संस्थाका अनुसार यहि असारमहिना भित्रै आइपिओ जारी गरिने तयारी छ ।
वि.सं.२०७६ असार ८ आइतवार ११:५६ मा प्रकाशित




























