back

नाइजेरियामा बोको हराम समूहमाथि सैनिक कारबाही

वि.सं.२०७६ असार ८ आइतवार

666 

shares

८ असार, अबुजा ।  नाइजेरियाली सेनाले पछिल्लो सैनिक कारबाहीमा कम्तीमा ४२ जना बोको हरामका लडाकू मारिएको जनाएको छ ।

बहुर्राष्ट्रिय संयुक्त सैनिक कार्यदलले नाइजेरियाको लेक चाड इलाकामा शुक्रबार बोको हराम विरुद्ध संयुक्त कारबाही गरेको थियो । नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले बोको हराम लडाकू विरुद्ध जमिन र समुद्रबाट भिषण कारबाही गरिएको जानकारी दिए ।

उक्त सैन्य कारबाही लेक चाडको डोरोन नाइरा द्वीपका साथै नाइजेरियाको उत्तरपूर्वी बोर्नोका क्रस कउवा र बागामा केन्द्रित थियो ।
बहुर्राष्ट्रिय सेनामा नाइजेरिया, चाड, क्यामरुन, नाइजर र बेनिनका सेनाको सहभागिता थियो ।

सैनिक कारबाहीका क्रममा एक जना सेनाको पनि मृत्यु हुनुका साथै दश जना सैनिक घाइते भएका छन् ।भिडन्तमा बोको हरामका दुई वटा बन्दुक–जडित ट्रक र तीन वटा मोटरसाइकल ध्वस्त पारिएका थिए । त्यस्तै, दुई वटा हलुका मेसिन गन र दुई वटा एके–४७ राइफल पनि बरामद भएका छन् ।

बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा अलग्ग इस्लामिक राज्य स्थापनाका लागि सशस्त्र संघर्ष गरिररहेको छ ।

वि.सं.२०७६ असार ८ आइतवार १२:२८ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...