९ असार, काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा यहि असार ३० गते बस्ने सूचना प्रकाशित भएको छ । कम्पनीको संचालक समितिको असार ८ गते बसेको ५७ औँ बैठकले साधारणसभाको निर्णय गरेको हो ।
साधारणसभा यहि असार ३० गते सोमबार त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर पृथ्वी हलको चौंथो तल्लामा दिउँसो ४ बजे हुने जनाइएको छ ।
सभाले वार्षिक आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन पारित गर्ने, सर्वसाधारणका लागि शेयर निस्कासन गर्ने लगायउतको निर्णय गर्नेछ ।
उक्त साधारणसभामा उपस्थितिका लागि सम्पूर्ण शेयरधनीहरुलाई अनुरोध गरिएको छ ।

वि.सं.२०७६ असार ९ सोमवार ०९:११ मा प्रकाशित




























