back

विदेशबाट फर्केर संयुक्त लगानीमा चितवनमा खोलियो क्याफे

वि.सं.२०७६ असार ९ सोमवार

669 

shares


विदेशबाट फर्किएका नेपालीहरू विभिन्न पेशा व्यवसायमा संलग्न भैरहेका छन् । यसैक्रममा भरतपुर महानगरपालिकाको कार्यालय नजिकै चितवन भरतपुर १० सिनर्जी रोडमा विदेशबाट फर्किएकाहरूले संयुक्त लगानीमा ‘लाइम एन्ड लेमन लाइम लाउन्ज क्याफे’ (Lime & Lemon Lounge Cafe ) को सुरुवात गरेका छन् । उपभोक्तालाई प्राङ्गारिक खाना खुवाउने उद्देश्यले उनीहरूले ५ करोड भन्दा बढि लगानी क्याफे सञ्चालन सुरु गरेका हुन् ।

साइप्रसबाट फर्केका सागर पौडेल, जापानबाट फर्केकी प्रभा बराल पोखरेलसँगै नर्स निशा ढकाल न्यौपाने, कृषि पढ्दै गरेका निशान्त ढकाल, कम्प्युटर इन्जिनियर दिवेश बराल र व्यापारी प्रचण्ड ढकालहरूको समूह मिलेर क्याफे सञ्चालनमा ल्याएका हुन् । लाइम एण्ड लेमन लाउन्ज क्याफे ५ वर्षदेखि बुटवलमा सञ्चालनमा रहेको छ । त्यसको दोस्रो शाखाको रुपमा पारिवारिक रुपमै व्यवसाय सुरु गरिएको प्रभा बरालले जानकारी दिइन् ।

क्याफेको उद्योग वाणिज्य संघ नारायणगढका अध्यक्ष सहनलाल प्रधानले उद्घाटन गरेका छन् । क्याफेको उद्घाटन गर्दै अध्यक्ष प्रधानले युवाहरू विदेश रहेको अवस्थामा विदेशमा वसेर सिकेको ज्ञानलाई आफनै ठाउँमा फर्केर केहि गर्न खोज्नु प्रेरणादायी काम भएको बताएका थिए । उनले होटल सञ्चालकलाई खानाको गुणस्तरमा ख्याल दिन सुझाव दिएका थिए ।

क्याफेमा स्वास्थ्यर्बद्धक, स्वादिलो खानाका परिकारका साथै विभिन्न अवसरमा लाइभ म्युजिकको व्यवस्था समेत गरिने सञ्चालक बरालले जानकारी दिइन् ।

होटलका लागि आवश्यक हरिया प्राङ्गारिक उत्पादन पाल्पामा कृषि फर्म रहेको उनले बताइन् । बुटबलमा सबै उत्पादन उतैबाट आउने  र चितवनका लागि केही त्यहिबाट र चितवनबाट पनि कोलेनरी हब्सको उत्पादन गर्ने प्रयासमा रहेको पनि उनले बताइन् ।

वि.सं.२०७६ असार ९ सोमवार ११:१२ मा प्रकाशित

Himalayan Life AD