back

‘दलित’ समुदायलाई होच्याउने सुवास र सञ्जिवमाथि कार्वाहीको माग

वि.सं.२०७६ असार ९ सोमवार

699 

shares

९ असार ।

“जतिसुकै जे भनेपनि कामी दमाईले आफ्नो औकात देखाएर जात जनाउँछ भनेको हो रैछ । आफू भन्दा अग्रज स्रष्टा शम्भु राईज्यूको गितको लय र भाकाको अंश चोरेर झन् आफै ठूलो कुरा गर्ने र अग्रज स्रष्टाको अपमान गर्ने यी प्रकाश सपुत भनेको कामीको मानसिकता पनि दलित नै रैछ ।”

सुवास मंगोल भन्ने व्यक्तिले लेखेको यो स्टाटसबाट दलित समुदाय आक्रोशित बनेको छ । हाल निकै चर्चित बनेको गलबन्दि लोकगितको भाका चोरी गरिएको भन्दै उसले लेखेको स्टाटस दलित समुदायको मान मर्यादामा ठेस पुग्ने गरी अमर्यादित र असभ्य रहेको स्पष्ट छ । गलबन्दीका गायक प्रकाश सपुत र शान्ति सिंह परियारमाथि अत्यन्त छुद्र शब्दले गालि गरिएको छ । त्यसपछिका उनका स्टाटसहरु दलित सुमदायलाई थप उत्तेजित बनाउने खालका छन् ।

त्यस्तै सञ्जीव राई कान्छाले पनि दलित समुदायलाई अत्यन्त पीडाहुने खालको अपशब्द प्रयोग गरेका छन् ।

यसविषयमा संघीय संसदमा पुर्ब बाणिज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद मीन विश्कर्माले  शुन्य समयमा बोल्दै  उनीहरुमाथि कार्वाहीको माग गरेका छन् । मंगोलले प्रयोग गरेका शब्दहरु समाजमा जातिय विभेद बढाउन सक्ने हुँदा उनलाई तत्काल पक्राउ गरी कानुनी कार्वाही अगाडि बढाउनु उचित देखिन्छ । अन्यथा यस्ता संवेदनशिल विषयलाई सामान्य रुपले लिने गल्ति राज्यले गर्न हुँदैन ।

भाका चोरिएको भए नेपाल प्रतिलिपि अधिकार अन्तर्गत छिनोफानो गर्न सकिन्छ तर समुदायको मानमर्दन हुने गरि अपशब्द प्रयोग गरिनु कानुनी अपराध हो ।

गायक शम्भू राईले प्रकाश सपुतविरुद्ध पाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन् । रजिष्ट्रार कार्यालयले सपुत र राईलाई मिल्नका लागि तीन दिनको समय दिएको छ ।
प्रतिक्रिया स्वरुप कसले के भनेका छन् ?

वि.सं.२०७६ असार ९ सोमवार १५:४९ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...