back

एनआरएनएनए नर्वेको छैटौ अधिबेशन सम्पन्न

वि.सं.२०७६ असार १८ बुधवार

369 

shares
GLOBAL IME AD
NTC AD

१७ असार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको छैटौ राष्ट्रिय अधिबेशन सम्पन्न भएको छ ।
ओस्लोको सेरेन बुल्स भेईको हलमा जुन २९ मा सम्पन्न भएको अधिबेशनको उद्घाटन प्रमुखअतिथि एवं यूरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवाल र राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष संजीव कुमार थापाले पानसमा बत्ती बालेर गरेका थिए ।
प्रथम उपाध्यक्ष शालिग्राम अर्यालको स्वागत मन्तव्य रहेको उक्त राष्ट्रिय अधिवेशनको प्रथम चरणको औपचारिक कार्यक्रममा राष्ट्रिय समन्वय परिषद, नर्वेका सल्लाकारहरु, अग्रज व्यक्तित्वहरु र विभिन्न संघ संस्थाका प्रमुखहरुले अधिवेशनको पूर्ण सफलताको कामना गरेका थिए ।
प्रमुख अतिथि एवं क्षेत्रीय संयोजक शिव कुमार बरुवालले झन्डै ८० वटा राष्ट्रमा संघको राष्ट्रिय समन्वय समितिहरु रहेको जानकारी गराउदै नेपालको समृद्धिको लागि परोपकारी काम मात्रै पर्याप्त नभएको र एनआरएनहरुको प्रत्यक्ष लगानी, शिप र दक्षताको आवश्यकता रहेको बताएका थिए ।

त्यस्तै दोश्रो चरणको बन्दसत्रमा महासचिव राजु अर्यालले बार्षिक प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष बिना नेवार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिबेदनमा सामान्य परिमार्जन सहित सर्बसम्मत रुपमा पारित गरिएको थियो ।
त्यस्तै विधान संशोधन समितिको तर्फबाट आइसीसी सदस्य द्वारिका महर्जनले प्रस्तुत गरेको विधान संशोधनका प्रस्ताबहरुमा अधिवेशनमा उपस्थित सदस्यहरुबी गहन छलफल भई विधान संशोधनका प्रक्रिया सम्पन्न गरिएको थियो ।

जून ८ मा हुने भनिएको राष्ट्रिय समन्वय परिषद, नर्वेको छैटौ राष्ट्रिय अधिवेशन सम्पन्न गर्न असम्भव भएपछि स्थगित गरिएको बताइएको छ ।
राष्ट्रिय अधिवेशनको निर्वाचन प्रक्रियालाई लिएर भएको आलोचना, बिरोध र असन्तुष्टीहरुलाई सम्बोधन गर्दै छलफल र समस्या समाधानका लागि धेरै प्रयासहरु पनि भएका थिए । यूरोप क्षेत्रीय संयोजकको सहयोग र सल्लाह अनि पहलमा विभिन्न चरणमा सहमतिका प्रयासहरुपछि नयाँ कार्यसमिति निर्माण नयाँ प्रक्रियाबाट पूनः शुरु गर्ने निम्न बमोजिमको निर्णयहरु सहित छैटौ राष्ट्रिय अधिवेशन सम्पन्न गरिएको हो ।

२०१९ जून ८ मा हुने भनिएको अधिवेशनको लागि गठन गरिएको निर्वाचन समितिलाई अधिवेशनमा धन्यवाद सहित बिदाइ गर्दै ५ सदस्यीय नयाँ निर्वाचन समिति गठन गरिएको छ ।
डा. सुरज थापा संयोजकत्वमा प्रो, डा. बिशाल कुमार सिटौला, नबराज गुरुङ, सन्तोष बानिया र मनिष बुढाथोकी सदस्य रहेको नयाँ कार्यसमितिलाई पुन ः नयाँ प्रक्रियाबाट निर्वाचन सम्पन्न गराउनका लागि जिम्मेवारी दिइएको छ ।

सोहि अवसरमा अध्यक्ष संजीव कुमार थापाले प्रस्तुत गरेको नयाँ निर्वाचन समितिको प्रस्तावलाई अधिवेशनमा उपस्थित सदस्यहरुले पारित गरे पश्चात उनीहरुले वर्तमान कार्यसमिति बिघटन गरिएको घोषणा गरेका थिए ।
निर्वाचन सम्पन्न गरि नयाँ कार्यसमिति निर्माण नभएसम्म सोहि कार्यसमितिले कार्य सम्पादन गर्ने निर्णय पनि अधिवेशनमा गरिएको थियो ।
संजीव कुमार थापाको अध्यक्षता रहेको कार्यक्रममा संस्थाका महासचिव राजु अर्यालको संचालन रहेको थियो भने झण्डै २०० भन्दा माथि पंजीकृत सदस्यहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ असार १८ बुधवार १५:२४ मा प्रकाशित

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

यी हुन् एनआरएनएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको निष्कर्षहरू

गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज्...

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

युनाईटेड किरात राई अर्गनाइजेसन अफ न्युयोर्ककको अध्यक्षमा अरुण राई

अमेरिका । युनाईटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (यायोख्खा )...

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

बाना अध्यक्षमा प्रभु थापा निर्वाचित

अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको पुरानो संस्था "बाल्टिमोर एसोसिएसन अफ...

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार मनाइँदै

अमेरिका । अमेरिकामा २१५२ औ स्यिङ मो डुल्लो ग्याल्पो लोसार...