back

दोहोरो अंकले बढ्यो शेयर बजार

वि.सं.२०७६ असार १८ बुधवार

477 

shares

१८ असार, काठमाण्डौं । मङ्गलबार दोहोरो अङ्कले वृद्धि भएको नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १५.६२ अङ्कले बढेर एक हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अङ्कले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।

परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कूल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता शेयर रु ५५ करोड दुई लाख ४७ हजार ८१३ मा खरिदबिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको शेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बीमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बीमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अङ्कले बढेको छ ।

नेपाल बैंक लिमिटेडको शेयर रु चार करोड ५३ लाख ३१ हजार ८७० मा कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक रु तीन करोड ४० लाख ८५ हजार १३०, मेगा बैंक नेपाल रु तीन करोड २६ लाख ६५ हजार ५४१, प्रभु बैंक लिमिटेड रु तीन करोड तीन लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड रु तीन करोड दुई लाख ११ हजार ३८ मा कारोबार भए ।

बढेको बजारमा रिलायन्स फाइनान्सका शेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रो पावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले २.५ प्रतिशतले गुमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिढी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका शेयरधनीले ५.६२ प्रतिशतले कमाए ।

वि.सं.२०७६ असार १८ बुधवार १६:५३ मा प्रकाशित

Himalayan Life AD
नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

नेपाल बैंक र ई–कमर्स प्लेटफर्म अनलाईन दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । गत कार्तिक २३ गते नेपालको पहिलो बैंक नेपाल...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर...

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

सानिमा बैंकको दराजसंग दराज ११.११ योजनाका लागि सहकार्य

काठमाडौँ । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग दराज ११.११ योजनामा...

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

सिटिजन्स बैंक र एकता बुक्स बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र थापाथली काठमाडौं स्थित...

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि सहकार्य

काठमाडौँ । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११...

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

डोंगफेङ नामीको उपस्थिति थप मजबुत: इटहरीमा अत्याधुनिक शोरूम शुभारम्भपछि टेस्ट ड्राइभ र एक्सचेन्ज क्याम्प सुरु

काठमाडाैँ । डोंगफेङ नामीको अधिकृत आयातकर्ता एमएडब्लू वृद्धि मोटर्स प्रा....